
काठमाडौं ।
केजी मोबिलिटी विगतको साङयोगले आफ्नो नयाँ टोरेस ईभी–एक्स एसयूभीको प्रविधिक विवरण खुलासा गरेको छ। अब टोरेस ईभी–एक्स एसयूभी दक्षिण कोरियामा प्रि–अर्डरका लागि तयार भएको अटोकारले उल्लेख गरेको छ।
टोरेस ईभी–एक्स नाम ‘इलेक्ट्रिक गाडी’ र ‘एक्सट्रीम’को संयोजनबाट जुराइएको हो। ईभी ७३.४ किलोवाट आवर ब्याट्री र फ्रन्ट माउन्ट २०१ पीएचपी इलेक्ट्रिक मोटरद्वारा सञ्चालन हुन्छ।
केजीका अनुसार डब्ल्यूएलटीपी परीक्षणमा कारले करिब ३१० माइल (४७६ किलोमिटर) रेञ्ज प्रदान गरेको छ। यो कोरिया सरकारद्वारा सञ्चालित परीक्षण हो। कारले सिंगल चार्जमा करिब २६० माइल (४१६ किलोमिटर) रेञ्जसम्म प्रदान गर्ने विश्वास गरिएको छ।
टोरेस ईभी–एक्स दुई भेरियन्ट ई५ र ई७ मा उपलब्ध हुनेछ।
ई५ को स्पेसिफिकेसनको कुरा गर्दा हिट पम्प, १८ इन्छ ह्वील, एलईडी हेडलाइट, इलेक्ट्रिक मिरर, रुप र्याक र अटोमेटिक वाइपर दिइएको छ। १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले, डुअल–जोन क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक सीटहरू, इलेक्ट्रिक टेलगेट र स्याटेलाइट नेभिगेसनसंग १२.३ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन छ।
ई७ ट्रिममा अपग्रेडेड लेदर सिटहरू, किलेस इन्ट्री, रियर हिटेड सिट छ।
प्रकाशित: २१ चैत्र २०७९, मंगलवार