
काठमाडौं ।
सामसङले ग्यालेक्सी एस२३ एफई ल्याउने तयारी अघि बढाएको छ। साममोबाइलको रिपोर्ट अनुसार कोरियन स्मार्टफोन ब्रान्डले सामसङ ग्यालेक्सी एस२३ एफई २०२३ को चौथो क्वाटरमा ल्याउने तयारी गरेको छ।
केही समय अघि अनलाइनमा सामसङले ग्यालेक्सी एस२३ एफई सार्वजनिक नगर्ने पनि रिपोर्ट गरिएको थियो।
यसमा सामसङका अन्य ग्यालेक्सी एस२३ सिरिज भन्दा फरक रुपमा कम्पनीको आफ्नै एक्सिनोज प्रोसेसरमा दिइनेछ। ग्यालेक्सी एस२३ सिरिजमा क्वालकम प्रोसेसर दिइएको थियो। रिपोर्ट अनुसार ग्यालेक्सी एस२३ एफई अमेरिका सहित सबै बजारमा एक्सिनोस २२०० चिप सेटमा उपलब्ध हुनेछ।
अघिल्ला अफवाहका अनुसार ग्यालेक्सी एस२३ एफईमा ५० मेगापिक्सेलको मुख्य क्यामरामा उपलब्ध हुन सक्छ। ग्यालेक्सी एस२३ एफई दुई स्टोरेज भेरियन्ट ६ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ। यसको पूर्ववर्ती समान ह्यान्डसेटमा ४५०० एमएएच ब्याट्री हुन सक्छ।
डिभाइसले २५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। रिपोर्ट अनुसार ग्यालेक्सी एस२३ एफईको मोडल नम्बर एसएम–एस७११एक्स छ।
प्रकाशित: २१ चैत्र २०७९, मंगलवार