
काठमाडौं ।
सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “बचत र क्यासब्याक सँगसँगै” योजना सार्वजनिक गरेको छ।
उक्त योजना चैत १ गतेसम्म लागू हुनेछ। योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ।
यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ। क्यासब्याक चैत १७ गतेसम्म गरिने कारोबारमा लागू हुने जानकारी दिएको छ।
सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको हो । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइटमा क्लिक गरी खोल्न सकिने जनाएको छ।
प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार