भारतमा प्योर ईभीको इलेक्ट्रिक बाइक ईकोड्रिफ्टको डेलिभरी शुरु

  • Technology Khabar | २३ फाल्गुन २०७९, मंगलवार
भारतमा प्योर ईभीको इलेक्ट्रिक बाइक ईकोड्रिफ्टको डेलिभरी शुरु

काठमाडौं ।

इलेक्ट्रिक टू ह्वील निर्माता प्योर ईभीले भारतमा आफ्नो इलेक्ट्रिक बाइक ईकोड्रिफ्टको डेलिभरी शुरु गरेको छ। कम्पनीले हैदराबाद र आन्ध्र प्रदेश स्थित आफ्नो डिलरशिप आउटलेटबाट डेलिभरी शुरु गरेको हो। कम्पनीले भारतका अन्य डिलरशिपमा ईकोड्रिफ्टको डेलिभरी २२ मार्च २०२३ देखि शुरु गर्ने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

प्योर ईभीले ईकोड्रिफ्ट इलेक्ट्रिक बाइक गत महिना ९९ हजार ९९९ भारु एक्स शोरुम मूल्यमा सार्वजनिक गरेको थियो।

ईकोड्रिफ्टले सिंगल चार्जमा १३५ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

नयाँ प्योर ईभी इकोड्राइफ्टमा एआईएस १५६ सर्टिफाइड ३.० किलोवाट आवरको ब्याट्री छ। मोटरसाइकलमा दिइएको ३ किलोवाटको इलेक्ट्रिक मोटरले ७५ किलोमिटर प्रति घण्टाको अधिकतम गति प्रदान गर्ने बताइएको छ।

डिजाइनको हिसाबले, ईकोड्रिफ्ट एक आधारभूत कम्युटर मोटरसाइकल हो जसमा एङ्गुलर हेडल्याम्प, पाँच–स्पोक एलोय ह्वील, सिंगल–पीस सिट लगायत फिचरहरु छन्। यो इलेक्ट्रिक मोटरसाइकल ४ कलर भेरियन्ट कालो, खैरो, निलो र रातोमा उपलब्ध छ।

प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...