आईफोन एसई ४ को लागि २०२४ मा बीओईले ओएलईडी आपूर्ति गर्ने

  • Technology Khabar | २३ फाल्गुन २०७९, मंगलवार
आईफोन एसई ४ को लागि २०२४ मा बीओईले ओएलईडी आपूर्ति गर्ने

काठमाडौं ।

एप्पलले अर्को वर्षको आईफोन एसई ४ को लागि ओएलईडी प्यानलहरू आपूर्तिका लागि बीओईसँग सहकार्य गर्ने भएको आपूर्ति श्रृंखला स्रोतहरूलाई उदृत गर्दै द इलेकले रिपोर्ट गरेको छ।

यसअघि क्युपर्टिनोको पक्षमा गरिएको गुणस्तर चिन्ताको रिपोर्टका कारण बीओईलाई आईफोन १५ र ओएलइडी आईप्याडको आपूर्तिबाट हटाइएको थियो। सामसङ डिस्प्ले र एलजी डिस्प्लेले उक्त डिस्प्लेहरू आपूर्ति गर्ने उल्लेख गरिएको छ।

आईफोन १४ को बडी र केही कम्पोनेन्टहरू इनहेरिट गर्दै आईफोन एसई ४ पहिलो ओएलईडी एसई मोडेल हुने उल्लेख गरिएको छ। साथै यसमा ६.१ इन्चको एलटीपीएस (लो–टेम्परेचर पोलिक्रिस्टलाइन सिलिकन) टीएफटी (थिन फिल्म ट्रान्जिस्टर) डिस्प्ले प्रयोग गरिने बताइएको छ। आईफोन एसई ४ को उक्त नयाँ डिस्प्ल प्रो मोडलहरूमा समावेश गरिएको एलटीपीओ (लो–टेम्परेचर पोलिक्रिस्टलाइन अक्साइड) प्यानलहरू भन्दा उत्पादन गर्न सजिलो हुने बताइएको छ।

साथै यस भागको मूल्य लगभग ४० अमेरिकी डलर पर्ने र उक्त मूल्य प्रो मोडेलहरुको (१०० अमेरिकी डलर) डिस्प्ले भन्दा दुई गुणा कम भएको अफवाह रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार