
काठमाडौं ।
ओम्डियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले फागुन १५ देखि सिमित अवधिको लागि सम्पूर्ण एसीका ग्राहकबर्गहरुलाई लक्षित गरी निस्शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।
यस योजना अन्तर्गत ग्राहकबर्गहरुले कुनै पनि ब्रान्डको एसीमा निस्शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीको उचित मूल्याङकनका साथ टिसिएलको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन् ।
यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधा ग्राहकवर्गहरुले घरमै बसिबसि लिन सक्ने कम्पनीले जानकारी दिएको छ।
यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टिसिएल एसी खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ। नयाँ टिसिएल एसीहरुमा ५ वर्षको कम्प्रेसर वारेण्टी रहेको छ।
नेपालभर टिसिएल ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेको जनाएको छ।
प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार