सामसङ ग्यालेक्सी वाच ६ मा ठूलो ब्याट्री प्याक राखिने

  • Technology Khabar | १९ फाल्गुन २०७९, शुक्रबार
सामसङ ग्यालेक्सी वाच ६ मा ठूलो ब्याट्री प्याक राखिने

काठमाडौं ।

सामसङले २०२३ मा पनि आफ्नो स्मार्टवाच लाइनअप रिफ्रेस गर्ने भएको छ। साथै उक्त नयाँ मोडलहरुले २०२२ को ग्यालेक्सी वाच ५ को सक्सेसरको रूपमा काम गर्ने भएकाले तिनीहरूलाई ग्यालेक्सी वाच ६ भनिने अपेक्षा गरिएको छ।

केहि दिन अघि यस आगामी वेयरबलको डिजाइन एक भरपर्दो टिपस्टरले खुलासा गरेको उल्लेख गरिएको छ। त्यसैगरी अब, यस प्रोडक्टको ब्याट्री क्षमताको बारेमा प्रमाणीकरण एजेन्सीले सार्वजनिक गरेको छ।

आगामी दुई सामसङ स्मार्टवाचहरुको ब्याट्रीहरुलाई सेफ्टी कोरियाले प्रमाणित (सर्टिफाइड) गरेको ग्यालेक्सी क्लबले दाबी गरेको छ। रिपोर्टमा उक्त ब्याट्रीहरू ग्यालेक्सी वाच ६ श्रृंखलाको रहेको उल्लेख गरिएको छ।

दुई ओटा ब्याट्री मध्ये सानो भनिएको ग्यालेक्सी वाच ६ (एसएम–आर९३एक्स) को ४० एमएम भेरियन्टमा ३०० एमएएचको क्षमता रहेको बताइएको छ। तुलनाको लागि, ग्यालेक्सी वाच ५ र ग्यालेक्सी वाच ४ को ४० एमएम भर्सनको ब्याट्री क्षमता क्रमशः २८४ एमएएच र २४७ एमएएच रहेको बताइएको छ।

यद्यपि यी घडीहरूको ब्याट्री क्षमताहरू बीचको भिन्नता कम देखिएको र नयाँ मोडेलले वास्तवमा राम्रो इन्ड्यूरेन्स प्रदान गर्ने उल्लेख छ। त्यसकारणले गर्दा वाच ६को ब्याट्री सम्भवतः वाच ५ को भन्दा लामो समयसम्म ठिक्ने अपेक्षा गरिएको छ।

त्यसैगरी दोस्रो प्रमाणित भएको ब्याट्रीको क्षमता ४२५ एमएएच रहेको छ। साथै यस ब्याट्रीले ग्यालेक्सी वाच ६ को ४४ एमएम भेरियन्टलाई ब्याक गर्ने अपेक्षा गरिएको छ। सन्दर्भको लागि, यसको पूर्ववर्तीहरूको ब्याट्री क्षमताहरू ४१० एमएएच (वाच ५) र ३६१ एमएएच (वाच ४) रहेको उल्लेख छ।

ठूला ब्याट्रीहरू बाहेक, ग्यालेक्सी वाच ६ मा गुगल पिक्सेल वाचको जस्तै कर्भ्ड  ग्लास टिप गरिएको बताइएको छ।

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार