टेस्लाको सस्तो गाडी आउँदै

  • Technology Khabar | १९ फाल्गुन २०७९, शुक्रबार
टेस्लाको सस्तो गाडी आउँदै

काठमाडौं ।

टेस्लाले सस्तो गाडी बेच्ने योजना बनाएको छ। यसबाट इलेक्ट्रिक कार किन्न सक्ने ग्राहकको संख्या उल्लेखनिय रूपमा बढ्ने कम्पनीले बुधबार राति बताएको टेलिग्रामले उल्लेख गरेको छ।

टेस्लाले नयाँ कारहरू बनाउने लागत आधाले कटौती गर्ने योजना बनाएको छ। यसले ‘नेक्स्ट जेनरेसन गाडी’ को मूल्य घटाउन अनुमति दिन्छ।

नयाँ कार ४२ हजार ९९० पाउण्ड स्ट्रलिङ मोडल ३ भन्दा निकै सस्तो हुने र टेस्लालाई प्रिमियम निर्माताबाट मास बजार उत्पादकमा लैजानेछ।

यद्यपि, बहुप्रतिक्षित लगानीकर्ता दिवस, जसमा इलन मस्कले टेस्लाको लागि आफ्नो ‘मास्टर प्लान’ को रूपरेखा बनाउने बताएका थिए, यसमा नयाँ कारको बारेमा हल्का विवरण थियो।

मस्कले यो पनि संकेत गरे कि टेस्लाले मानिसहरूको घरमा ग्यास बोयलरहरू प्रतिस्थापन गर्न हिट पम्पहरू निर्माण गर्न सक्छ। सुस्त इन्स्टलेसनका बीचमा एप्लाइन्समा सम्भावित बढावा पुग्ने अपेक्षा गरिएको छ।

टेस्लाले नयाँ गाडीको विवरण नदिएकाले प्रशंसकहरुलाई निराश तुल्याएको छ। मस्कले पहिला करिब २५ हजार अमेरिकी डलर पन सक्ने भनेर सुझाव दिएका थिए। तर यसमा लागत घटाउन सक्ने सिरिजलाई आउटलाइन गरिएको छ।

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दार्चुलाका सडक सौर्यबत्तीले झलमल्ल

  • Technology Khabar
  • १९ फाल्गुन २०७९, शुक्रबार