
काठमाडौं ।
रोबोट डेलिभरी फर्म ओटोनोमीले नयाँ स्वचालित प्याकेज डेलिभरी मेकानिजम समावेश गरेर ‘यती’ नामक नयाँ अटोबोट मोडल अनावरण गरेको छ।
ओटोनोमीको भिडियोमा देखिएअनुसार यतीले सिम्पल टिल्टिङ मेकानिजम र रोलर्स प्रयोग गरि प्याकेजहरु वितरण गर्ने टेकक्रन्चले बताएको छ। त्यसैगरी यतीले मानविय सहयोग बिना पूर्ण स्वतन्त्र रुपमा प्याकेजहरु एक ठाँउदेखि अर्को ठाँउसम्म लैजाने–ल्याउने गर्न सक्षम रहेको छ।
ब्रुकलिनको फर्मले विश्वका धेरै सहरहरु जस्तै पिट्सबर्ग, सिनसिनाटी, ओस्लो, म्याड्रिड मा आफ्नो सेवाहरु प्रदान गर्दै आइरहेको र साथै उत्तर अमेरिका र एशियामा पनि सेवा विस्तार गर्ने योजनामा रहेको बताइएको छ।
हालै कम्पनीले क्यामरा र लाइडरको डाटाहरु मर्ज गर्ने नेभिगेसन इन्जिन र मोडुलर डेलिभरी बिन्सको साथै फोर–ह्विल ड्राइभ क्रयाब मोड जस्ता फिचरहरु समावेश गरी अटोबोट २.० अनावरण गरेको थियो।
उक्त कम्पनीले हाल अमेरिकामा भेराइजनसँग साझेदारी गर्दै आईरहेको छ।
प्रकाशित: २२ पुष २०७९, शुक्रबार