
काठमाडौं ।
इलेक्ट्रिक स्कुटर निर्माता एथर एनर्जीले ७ जनवरीमा आफ्नो एथर कम्युनिटी डे मनाउँदै छ। उक्त दिन कम्पनी एथर स्कुटरमा नयाँ अपडेट घोषणा गर्न सक्ने ड्राइभस्पार्कले उल्लेख गरेको छ।
एथरले जनवरी ४ मा आफ्नो ट्विटर एकाउन्टमा एक ट्वीट पोष्ट गर्दै एथर ४५० एक्स इलेक्ट्रिक स्कुटरमा नयाँ अपडेट दिने संकेत गरेको थियो। रिपोर्टका अनुसार कम्पनीले ४५० एक्स स्कुटरलाई नयाँ रंगमा ल्याउने योजना बनाएको छ।
हाल बिक्री भइरहेको तेस्रो जेनेरेसनको एथर ४५० एक्स तीन रंग विकल्प स्पेस ग्रे, मिन्ट ग्रीन र ह्वाइटमा उपलब्ध छ। जानकारी अनुसार कम्पनलिे एथर ४५० एक्सलाई नयाँ स्पोर्टी रेड रंगमा ल्याउन सक्छ। नयाँ पेन्ट स्कीम लो स्पेक ४५० प्लस मोडललाई पनि दिइने सम्भावना छ।
रिपोर्टका अनुसार एथर एउटा नयाँ इन्ट्री लेवल ईस्कुटर ल्याउन सक्छ। तर यस जानकारी हालसम्म पुष्टी हुन नसकेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। केही रिपोर्ट अनुसार कम्पनीले ७ जनवरीमा एउटा किफायती इलेक्ट्रिक स्कुटर पनि सार्वजनिक गर्नेछ। यो स्कुटर किफायती ट्यूबललर फ्रेममा आधारित हुनेछ।
एथर ४५० प्ल्स १ लाख ३४ हजार १४७ भारु र एथर ४५० एक्स १ लाख ५५ हजार ६५७ भारु (एक्स शोरुम बैंगलरु) तोकिएको छ।
एथर एनर्जीले २०२२ मा भारतमा ५१ हजार १९२ यूनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ।
प्रकाशित: २२ पुष २०७९, शुक्रबार