सेयर बजारमा एप्पलका लगानीकर्ताले गुमाए १ ट्रिलियन डलर

  • Technology Khabar | २० पुष २०७९, बुधबार
सेयर बजारमा एप्पलका लगानीकर्ताले गुमाए १ ट्रिलियन डलर

काठमाडौं ।

आईफोन निर्माता एप्पल इंकको सेयर मूल्य २ ट्रिलियन अमेरिकी डलरभन्दा तल झरेको छ।

एप्पलको मंगलबार सेयर मूल्य ३.७ प्रतिशतले घट्यो। यो सन् २०२१ यताको कम्पनीको सेयर मूल्य सबै भन्दा न्यून बिन्दुमा आइपुगेको हो। आईफोन आपूर्तिमा समस्या, बढ्दो ब्याजदरबाट लगानीकर्ताहरु सेयरबाट लाभ प्राप्त गर्न सक्ने विश्वास गुमाएर यस्तो अवस्था आएको याहूले उल्लेख गरेको छ।

मन्दीले एप्पलको बजार मूल्य १.९९ ट्रिलियन अमेरिकी डलरमा झरेको छ।

माइक्रोसफ्ट कर्पोरेशन र तेल कम्पनी साउदी आराम सन् २०२२ मा २ ट्रिलियन अमेरिकी डलरको मूल्यांकनबाट झरेका थिए। अहिले एप्पल यो मूल्यांकनबाट घट्ने अन्तिम कम्पनी भएको छ।

२०२२ मा एप्पलको बजार पुँजीकरण ३ ट्रिलियन अमेरिकी डलर पुगेको थियो। एप्पलको सेयर मूल्य २०२२ जनवरीमा हालसम्मको सर्वाधिक १८०.७३ अमेरिकी डलर पुगेको थियो।

कोभिड-१९ महामारीको संक्रमण, मुद्रास्फीति र सुस्त बिक्रीबीचमा ४ ओटा ठूला अमेरिकी टेक र इन्टरनेट कम्पनीहरुले २०२२ मा बजार मूल्यमा ३ ट्रिलियन अमेरिकी डलरभन्दा बढी गुमाएका छन्।

डिसेम्बर एप्पलको मे २०१९ यताकै सबैभन्दा खराब महिना थियो जसमा १२ प्रतिशतको गिरावट आएको थियो। सोही अवधिमा नास्डाक इन्डेक्सको ९ प्रतिशत गिरावट भन्दा बढी थियो।

प्रकाशित: २० पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार