इसेवा वालेटमा बिहानैदेखि समस्या

  • Technology Khabar | १ पुष २०७९, शुक्रबार
इसेवा वालेटमा बिहानैदेखि समस्या

काठमाडौं ।

भुक्तानी सेवा प्रदायक इसेवा वालेटमा समस्या देखिएको छ।

इसेवामा लगइन, टपअप, ब्यालेन्स ट्रान्सफर लगायत सेवामा समस्या देखिएको हो।

आज बिहानदेखि इसेवामा समस्या देखिएको प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरेका छन्।

इसेवा वालेटका प्रयोगकर्ताहरुले आफूले फरक फरक समस्या भोगेको उल्लेख गरेका छन्।

मध्य बानेश्वरका एक प्रयोगकर्ताले आफ्नो रकम लोड गर्ननै नसकेको गुनासो गरे। त्यस्तै अर्का प्रयोगकर्ताले बिहान देखि नै आफ्नो व्यालेन्स हेर्न नसकेको बताए।

यसअघि विश्वकप फुटबल शुरु हुने दिनमा पनि इसेवामा प्राविधिक समस्या देखिएको थियो।

कम्पनीले किन समस्या आयो भन्ने कुनै औपचारिक जानकारी दिएको छैन्।

सामाजिक संजालमा इसेवाका एक प्रयोगकर्ताले राखेको तस्विर

प्रकाशित: १ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार