सामसङ ग्यालेक्सी एस २२ स्मार्टफोन केवल ५५ सेकेन्डमा ह्याक !

  • Technology Khabar | २९ मंसिर २०७९, बिहीबार
सामसङ ग्यालेक्सी एस २२ स्मार्टफोन केवल ५५ सेकेन्डमा ह्याक !

काठमाडौं ।

दक्षिण कोरियाली कम्पनी सामसङले अहिलेसम्म ल्याएको मध्ये सामसङ ग्यालेक्सी एस२२ कम्पनीको प्रमुख स्मार्टफोन हो। यस स्मार्टफोनमा तपाईले उत्कृष्ट डिस्प्लेका साथै उत्कृष्ट क्यामरा अनुभव प्राप्त गर्नुहुनेछ।

तर सुरक्षाको बारेमा के छ विचार? यदि तपाई सामसङको यो महँगो डिभाइस किन्ने योजनामा ​​हुनुहुन्छ भने यो खबर तपाईको लागि चिन्ताजनक हुनसक्नेछ। हालै एक ह्याकिङ प्रतियोगिताको क्रममा सामसङको यो १ लाख रुपैयाँ भन्दा धेरै मूल्य पर्ने डिभाइस १ मिनेटभन्दा कम समयमा नै ह्याक भएको छ।

ब्लीपिङ कम्प्यूटरको पछिल्लो रिपोर्टमा हालै भएको पावनटूओन २०२२ (Pwn2Own 2022) कार्यक्रममा ह्याकरहरूले सामसङ ग्यालेक्सी एस २२ स्मार्टफोनलाई एक क्षणमा ह्याक गर्न सक्षम भएको जानकारी दिइएको छ। हो, यी ह्याकरहरू मध्ये एकले सामसङको यो फ्ल्यागशिप स्मार्टफोन ५५ सेकेन्डमै ह्याक गरी देखायो।

पावनटूओन २०२२ के हो?

पावनटूओन २०२२ यो वर्ष क्यानाडाको टोरन्टोमा आयोजित एक प्रकारको ह्याकिङ प्रतियोगिता हो। यो कार्यक्रम डिसेम्बर ६ देखि डिसेम्बर ८ तारिखसम्म चलेको थियो। यस कार्यक्रममा १४ देशका कुल ३६ जना ह्याकर प्रतियोगीले भाग लिएका थिए।

सामसङ ग्यालेक्सी एस २२ सजिलै ह्याक

ह्याकिङ प्रतियोगितामा सामसङ कम्पनीका ठूला वाचाहरु सुरक्षाका हिसाबले खोक्रो साबित भएका छन्। रिपोर्टकाअनुसार यस कार्यक्रमको तेस्रो दिन पेनटेस्ट लिमिटेडका एक सुरक्षा अनुसन्धानकर्ताले सामसङ ग्यालेक्सी एस२२ स्मार्टफोनलाई मात्र ५५ सेकेन्डमा पूर्णरूपमा ह्याक गरेर देखाएका थिए। उनले पुरस्कार राशिको रूपमा २५ हजार डलर जिते।

यस कार्यक्रममा सामसंग कम्पनीका डिभाइसहरू मात्र ह्याक भएनन्, यस अवधिमा क्यानन, एचपी, सोनोस, नेटगियर, वेस्टर्न डिजिटल र टीपी-लिङ्क जस्ता ब्रान्डका डिभाइसहरू पनि ह्याक गरिएका थिए।

प्रकाशित: २९ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...