बीएमडब्ल्यू सीई०४ इलेक्ट्रिक स्कुटर भारतमा सार्वजनिक हुँदै

  • Technology Khabar | २६ मंसिर २०७९, सोमबार
बीएमडब्ल्यू सीई०४ इलेक्ट्रिक स्कुटर भारतमा सार्वजनिक हुँदै

काठमाडौं ।

बीएमडब्ल्यू मोटार्ड इन्डियाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले इलेक्ट्रिक स्कुटरको टिजर जारी गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

कम्पनीले सीई०४ इलेक्ट्रिक स्कुटरको मूल्य अमेरिकामा ११ हजार ७९५ डलर तोकेको छ। भारतमा भने केही सस्तो मूल्यमा इलेक्ट्रिक स्कुटर उपलब्ध हुने अपेक्षा गरिएको छ।

यस इलेक्ट्रिक स्कुटरले फुल चार्जमा ११९ किलोमिटरको रेञ्ज प्रदान गर्छ। फास्ट चार्जरको मद्दतबाट १ घण्टा ४० मिनेटमा फुल चार्ज गर्न सकिन्छ।

बीएमडब्ल्यू सीई०४ मा परमानेन्ट म्याग्रेट लिक्विड कूल्ड सिग्क्रोनस मोटर दिइएको छ। जसले ४९०० आरपीएममा ४२ हर्स पावरको अधिकतम पवार र १५०० आरपीएममा ६२ एनएम टर्क जनरेट गर्छ। यसको टप स्पीड १२१ किलोमिटर प्रति घण्टा छ। यो केवल २.६ सेकेण्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको स्पीड लिन सक्छ।

बीएमडब्ल्यू सीई०४ स्कुटरमा ब्याट्री सुरक्षालाई ध्यानमा राखेर हाई भोल्टेज ब्याट्री प्रविधि प्रयोग गरिएको छ। ब्याट्रीलाई स्कुटरको अन्डरबडीमा सुरक्षित राखिएको छ। उत्कृष्ट राइडिङ स्पीड र रोमाञ्जक ह्यान्डलिङ रहेको कम्पनीको दाबी छ।

 

प्रकाशित: २६ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...