डिजिटल प्रिमियरका लागि चलचित्र ‘कबड्डी–४’ अब सिनेमाघर एपमा

  • Technology Khabar | २५ कार्तिक २०७९, शुक्रबार
डिजिटल प्रिमियरका लागि चलचित्र ‘कबड्डी–४’ अब सिनेमाघर एपमा

काठमाडौं ।

रामबाबु गुरुङ निर्देशित चलचित्र “कबड्डी–४” को अब डिजिटल प्रिमियर हुने भएको छ। आज शुक्रबारदेखि नेपालको उदीयमान ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा चलचित्र डिजिटल प्रिमियर हुन लागेको हो।

बिहीबार राजधानीमा आयोजित कार्यक्रमबीच एप र चलचित्रको टिमले यसबारेमा जानकारी गरायो। चलचित्र सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइने छ।

निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित गरेर चलचित्रलाई डिजिटल रिलिज गर्न लागेको बताए। “नेपाली चलचित्रको बजार अब डिजिटल पनि हो र यसलाई विकसित गर्नुपर्छ,” उनले भने, “एउटा सर्जकले व्यावसायिक पक्ष पनि हेर्छ। र, आफ्नो सिर्जना धेरै भन्दा धेरैले हेरून् भन्ने पनि हुन्छ। यी दुवै कुराका लागि ‘कबड्डी ४’ सिनेमाघरमा लिज गर्न लागेको हो।”

सिनेमाघर एपका टेक्निकल अफिसर सञ्जीव ढकालले सबै प्रकारका मोबाइल, ट्याब्लोइड, एन्ड्रोइड टीभी, अमेजन फायर टीभीसहित सबै प्रकार का स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधि प्रयोग गरी विभिन्न डिभाइसहरूमा पनि हेर्न सकिने जानकारी दिए।

प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...