
काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट खरिद बिक्री हुने सुनका असर्फी, चाँदीको मेडालियन र स्मारिका सिक्काहरूको भुक्तानी अब क्यूआर कोर्डबाट हुने भएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले बिहीबार एक सूचना गर्दै रु.१ र रु.२ का सिक्का सटही गर्दा क्यूआर कोर्डमार्फत पनि भुक्तानी स्वीकार गर्ने व्यवस्था गरिएको उल्लेख गरेको छ।
केन्द्रिय बैंकको नयाँ व्यवस्थासँगै सुनको असर्फी, चाँदीका मेडालियन र स्मारिका सिक्का तथा तक्माहरूको सट्टापट्टा र खरिदमा सेवाग्राहीहरुले क्यूआर कोर्डबाटै भुक्तानी दिन सक्नेछन्।
प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार