
काठमाडौं ।
ओप्पो रेनो ९ सिरिज नोभेम्बरको अन्त्यसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। तर कम्पनीको तर्फबाट सार्वजनिक हुने मिति पुष्टि हुन बाँकी छ।
टेकगोइङका अनुसार ओप्पोले रेनो १० सिरिजका लागि नयाँ फिचरमा काम गरिरहेको गिज्मोचाइनाले उल्लेख गरेको छ।
ओप्पोले २०१९ अप्रिलमा ओप्पो रेनो १० एक्स जुम सार्वजनिक गरेको थियो। यो एक प्रभावशाली अल स्क्रिन डिस्प्ले डिजाइनका साथ यूनिक पप–अप क्यामरा मोड्युलको साथ आएको थियो।
डिभाइसको प्रमुख आकर्षणको रुपमा पेरिस्कोप जुम क्यामरा रहेको छ। जुन ५एक्स अप्टिकल जुम र १०एक्स हाइब्रिड जुम सपोर्ट रहेको छ।
त्यस वर्ष पछि कम्पनीले नियमित ओप्पो रेनो २ सार्वजनिक गरेको थियो। त्यस समयपछि ओप्पोले रेनो जेनेरेसनको धेरै फोनहरु सार्वजनिक गरेको छ। तिनीहरुमध्ये कुनैमा पनि पेरिस्कोप जुम क्यामरा दिइएको छैन। यस्तोमा कम्पनीले रेनो १० सिरिजमा पेरिस्कोप क्यामरा ल्याउन सक्छ।
अर्का टिपस्टरका अनुसार पेरिस्कोप क्यामरा फिचर रेनो लाइनअपमा रेनो सिरिजमा आउनेछ। यो फोन २०२३ को मध्यमा बजारमा आउने अपेक्षा गरिएको छ।
प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार