
काठमाडौं ।
भोल्भोले नयाँ इलेक्ट्रिक एसयूभी ईएक्स३० टिजर प्रस्तुत गरेको छ। शहरी एसयूभीका रुपमा भोल्भोले ईएक्स३० सन् २०२३ मा सार्वजनिक गर्ने योजना बनाएको ड्राइभले उल्लेख गरेको छ।
टिजरको आधारमा ईएक्स३० को सही साइज यकिनका साथ बताउन गाह्रो छ। तर यो ईएक्स९० भन्दा सानो हुनेछ।
एक्ससी४० को जस्तो बक्सी प्रोफाइल र राइजिङ विन्डो लाइन डिजाइनमा देख्न सकिन्छ।
रिपोर्टका अनुसार ईक्स३० लाई मूल कम्पनी गिलीको सस्टेनएबल आर्किटेक्चर (एसईए) ले इलेक्ट्रिक गाडीका लागि रेखांकित गर्नेछ। चीनमा गिलीका इलेक्ट्रिक गाडी लोकप्रिय रहँदै आएको छ।
प्लेटफर्ममा रहेको एउटा मोडल जीकेआर ००१ को ७०० किलोमिटर ड्राइभिङ रेञ्ज, ८६ किलोवाट आवर वा १०० किलोवाट आवर ब्याट्री र ४०० किलोवाट सम्म प्रदान गर्छ।
शहरी यात्राका लागि ध्यानमा राखेर भोल्भोले इलेक्ट्रिक कार ल्याउन खोजेकाले यो तथ्यांक मेल खाने सम्भावना कम छ।
प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार