‘होन्डा ईएम१ ई’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

  • Technology Khabar | २५ कार्तिक २०७९, शुक्रबार
‘होन्डा ईएम१ ई’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं ।

होन्डाले आफ्नो होन्डा ‘होन्डा ईएम१ ई’ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। होन्डाले ईआईसीएमए २०२२ मा होन्डा ईएम१ ई स्कुटर सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

ईएम भनेको इलेक्ट्रिक मोपेड हो। होन्डाको नयाँ इलेक्ट्रिक स्कुटर मोपेड भए पनि यसमा पेडल छैन।

होन्डाको इलेक्ट्रिक स्कुटरको बारेमा धेरै जानकारी आएको छ। रिपोर्टका अनुसार स्कुटरमा हब मोटर दिइनेछ। यो छोटो यात्राका लागि ध्यानमा राखेर डिजाइन गरिएको छ। यसको टप स्पीड ५० किलोमिटर प्रति घण्टा छ।

होन्डाको मोबाइल पवार प्याक (एमपीपी) स्वापेबल ब्याट्री प्रविधि दिइएको छ। यसको रेञ्ज ४० किलोमिटर छ। स्वापेबल ब्याट्री नेटवर्कको मद्दतले स्कुटरको रेञ्ज बढाउन सकिन्छ।

तस्बिरका अनुसार स्कुटरमा होन्डा ईएम १ई हब माउन्टेड मोटर प्रयोग गरेको छ। यसमा १० इन्चको रियल ह्वील दिइएको छ। इलेक्ट्रिक स्कुटरको पछाडि ठूलो लगेज र्याक, १२ इन्चको फ्रन्ट ह्वील, फ्रन्ट डिस्क ब्रेक र टेलिस्कोपिक फ्रन्ट फोर्क देख्न सकिन्छ। लाइटिङका लागि अल एलईडी र इन्स्ट्रुमेन्ट कन्सोलमा सामान्य एलसीडी यूनिट छ।

ईएम १ ईको डिजाइन होन्डा यू-गो ईस्कुटर जतै छ। यो स्कुटर सबैभन्दा पहिला युरोपमा बिक्री गर्ने जनाइएको छ।

प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...