एप्पल आईफोन १४ एसेम्बलको लागि भारतमा नयाँ आपूर्तिकर्ता पेगाट्रोन थपियो

  • Technology Khabar | २१ कार्तिक २०७९, सोमबार

काठमाडौं ।

एप्पलले ताइवानी सम्झौता निर्माता पेगाट्रोन कर्पलाई भारतमा आईफोन १४ एसेम्बल गर्नको लागि नयाँ आपूर्तिकर्ताको रूपमा थपेको छ। कुपर्टिनो कम्पनीको यो निर्णय भारतका लागि फाइदाजनक हुनसक्छ। एप्पलले चीनबाट बाहिर भारतमा आफ्नो उत्पादन केन्द्रको विकास गरिरहेको छ।

हाल, एप्पलले आफ्नो ९० प्रतिशत आईफोन चीनमा बनाउँछ। भारत उत्पादनको हब बनेपछि एप्पलको चीनमाथिको निर्भरता कम हुन सक्ने बताईएको छ।

विगत दुई वर्षदेखि चीनमा कोरोना भाइरसको महामारीका कारण लगातार लकडाउन भइरहेको छ, जसका कारण एप्पलको आपूर्ति श्रृंखला नराम्ररी प्रभावित भएको छ।

एएफपीको रिपोर्टकाअनुसार एप्पलको सबैभन्दा ठूलो उत्पादक फक्सकनको झेङझाउ कारखाना लकडाउनका कारण फेरि बन्द भएको छ।

ब्लूमबर्गको रिपोर्ट अनुसार, भारतमा आईफोन १४ निर्माण गर्ने फक्सकन पछि पेगाट्रोन दोस्रो आपूर्तिकर्ता हुनेछ। फक्सकनले सेप्टेम्बर २०२२ मा भारतमा आईफोन १४ को उत्पादन सुरु गर्यो।

एप्पलका सबै प्रमुख ताइवानी आपूर्तिकर्ताहरू फक्सकन, पेगाट्रोन र विस्ट्रोनले अब भारतमा आईफोन एसेम्बल गर्न थालेका छन्। जसका कारण पीएम मोदीको मेक इन इन्डिया कार्यक्रमलाई बढावा मिल्नेछ। चीन र भारत बाहेक एप्पलले मेक्सिको र भियतनाममा पनि आफ्नो आईफोन उत्पादन गरिरहेको छ। कोभिड–१९ बाहेक चीन र अमेरिकाबीचको तनावले पनि एप्पललाई अन्य देशमा आईफोन उत्पादन गर्न बाध्य पारेको छ।

बजार अनुसन्धान फर्म ट्रेन्डफोर्सले अनुमान गरेअनुसार कोरोनाभाइरस-प्रेरित लकडाउनको कारण फक्सकनको सबैभन्दा ठूलो झेंग्झाउ प्लान्टबाट वर्षको चौथो त्रैमासिकमा २० देखि ३० लाख इकाई मात्र पठाइनेछ। जबकि गत वर्ष यो अवधिमा आठ करोड युनिट ढुवानी भएको थियो । अनुसन्धान फर्मका अनुसार एप्पलको सबैभन्दा ठूलो उत्पादन कारखानाको उपयोग दर अहिले ७० प्रतिशत मात्रै रहेको छ।

प्रकाशित: २१ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया