‘नो नट अगेन’ अभियान सम्बन्धि रिटमा हाल कारबाही अघि नबढाउन सर्वोच्चको आदेश

  • Technology Khabar | २० कार्तिक २०७९, आईतवार
‘नो नट अगेन’ अभियान सम्बन्धि रिटमा हाल कारबाही अघि नबढाउन सर्वोच्चको आदेश

काठमाडौं ।

सोशल मिडिया अभियान ‘नो नट अगेन’ सम्बन्धि दायर रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

आइतबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सो आदेश जारी गरेको हो। इजलासले सो अभियान विरुद्ध हाल कारबाही अघि नबढाउन अन्तरिम अल्पकालीन अन्तरिम आदेश दिएको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले छुट्टाछुट्टै दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश फुयालको इजलासले कारण देखाउ आदेशमार्फत दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।

सामाजिक सञ्जालको पेज ‘नो नट अगेन’ लगायतका पेजलाई बन्देज लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो।

यसअघि निर्वाचन आयोगले सूचना मार्फत नो नट अगेन अभियानमा संलग्न हुनेमाथि एक लाख रुपैयाँ जरिवाना, विद्युतीय कारोवार ऐन अनुसार कारबाही वा अन्य कारबाहीको चेतावनी थियो। यसका साथै उक्त अभियानसम्बद्ध सोशल मिडिया पेज ‘नो नट अगेन’ बन्द गर्न भनेको थियो।

प्रकाशित: २० कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार