
काठमाडौं ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनमा अब विद्युतीय प्रणालीबाट भाडा भुक्तानी गर्ने व्यवस्था सुरु गरिने बताएका छन्।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले धुलिखेलमा बुधबार आयोजना गरेको ‘छैटौँ जिल्ला सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई नगद पैसा तिर्दा यात्रुसँग बढी रकम लिने खालको समस्या समाधान गर्न तोकिएको रकम मात्रै भुक्तानी दिने गरी डिजिटल युगभित्र प्रदेश सरकार प्रवेश गर्ने बताए।
उनले संसद्मा कानुन बनाउने बेला आफूले स्थानीय तहलाई बलियो बनाउनुपर्छ भनेर जोडदार कुरा उठाएको र वडा सरकार बलियो भएमात्रै नेपाल बलियो तथा समृद्ध बन्ने भएकाले त्यसैमा ध्यान दिन जरुरी रहेको बताए।
प्रकाशित: २ भाद्र २०७९, बिहीबार