
काठमाडौं ।
युरोपियन मुलुकहरुमा विद्युतीय सवारीको प्रयोग बढ्न थालेको छ। मनीट्रान्सफरका अनुसार ब्याट्री इलेक्ट्रिक कार (बीईभी) सन् २०२२ कोे दोस्रो त्रैमासमा युरोपियन युनियनमा दर्ता भएको सबै यात्रु कारहरुको १० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको छ।
‘ईयु ग्रीनहाउस ग्यास उत्सर्जनको प्राथमिक स्रोत यातायात उद्योग हो,’ मनि ट्रान्सफरका प्रमुख कार्यकारी जोनाथन मेरीले डाटामा बोल्दै भने, ‘यातायात सम्बन्धी उत्सर्जनमा काम नगरी ईयुले जलवायु तटस्थता लक्ष्य हासिल गर्न सक्दैन।’
नयाँ कानूनले सन् २०३० सम्ममा अटोमोबाइलबाट हुने कार्बनडाइअक्साईड उत्सर्जनलाई ५० प्रतिशतसम्म घटाउने लक्ष्य राखेको छ। कानूनले सवारी साधन उत्सर्जन हटाउन सन् २०३५ को समयसीमा प्रस्ताव गरेको छ,’ मेरीले भने, ‘यो विद्युतीय सवारी साधन अपनाउनका लागि सबैभन्दा ठूलो प्रेरणा हुन सक्छ।’
सन् २०२२ को दोस्रो त्रैमासमा ईयुको बीईभीको बिक्री ११.१ प्रतिशतले बढेको मनिलाटाइम्सले उल्लेख गरेको छ। दोस्रो त्रैमासमा ईयुमा २३ लाख ३४ हजार ४९३ ईभी बिक्री भएको छ।
स्पेन र फ्रान्समा विद्युतीय सवारीको प्रयोग बढ्दो क्रममा छ। दोस्रो त्रैमासमा स्पेनमा २२ प्रतिशत र फ्रान्समा १८.६ प्रतिशतले विद्युतीय सवारीको बिक्री बढेको छ।
इटालीमा १९.६ प्रतिशत र जमर्नीमा ०.५ प्रतिशतको गिरावट आएको छ।
प्राकृति ग्यासबाट सञ्चालन हुने सवारीको दर्ता ६२.९ प्रतिशतले घटेर ४ हजार ९८३ युनिट बिक्री भएको छ।
अर्कोतर्फ तरल पेट्रोलियम ग्यास (एलपीजी)बाट चल्ने कारको बिक्री गत आवको दोस्रो त्रैमासको तुलनामा ७.९ प्रतिशतले बढेर ६४ हजार १५२ युनिट पुगेको छ।
प्रकाशित: २३ श्रावण २०७९, सोमबार