
काठमाडौं ।
सामसङका मोबाइल बिग्रेर मर्मत गर्दा पनि डाटा सुरक्षित हुने भएको छ। मर्मत गर्दा मोबाइलको डाटा सुरक्षित गर्न सामसङले ‘रिपेयर मोड’ ल्याएको छ।
मर्मतका लागि सर्भिस सेन्टरमा मोबाइल छोड्दा धेरैले रिसेट वा रिबुट गर्ने गर्छन्। संवेदनशील डाटाको गतल प्रयोगलाई रोक्नका लागि मर्मत गर्नु अघि प्रयोगकर्ताले मोबाइल रिसेट गर्ने गर्छन्।
यसका लागि डाटा ब्याकअप गर्नु र त्यसपछि पुनस्र्थापना गर्न थप झन्झट हुन्छ।
यस्तो समस्यालाई समाधन गर्न सामसङले नयाँ ‘रिपेयर मोड’ प्रस्तुत गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
सेटिङमा ब्याट्री र डिभाइस केयर स्क्रित्रनको माध्यमबाट यसको उपयोग गर्न सकिन्छ। यो प्रक्रिया एकपटक सक्रिय भएपछि फोन रिबुट हुन्छ। उक्त मोडमा फोटो, म्यासेज, एकाउन्ट र एपहरु (डिफल्ट एपहरु मात्र सक्रिय हुनेछन्)सहित बै व्यक्तिगत डाटा लुकाउन सकिन्छ। रिपेयर मोडमा फोन रिसेट गरिएको जस्तै हुनेछ।
मर्मतको काम सकिएपछि फोनलाई फिङगरप्रिन्ट वा प्याटर्टन लकका माध्यमबाट रिपेयर मोड डिएक्टिभ गर्न सकिन्छ। यसबाट फोन फेरि रिबुट हुनेछ। मोबाइलको सम्पूर्ण डाटामा पहुँच पुग्नेछ। मर्मतका क्रममा परिवर्तन भएको अन्य सेटिङहरु पनि पुनस्थापित हुनेछ।
रिपेयर मोड पहिलो सफ्टवेयर अपडेट मार्फत् ग्यालेक्सी एस२१ सिरिजमा उपलब्ध गराइने छ। सामसङले अन्य सिरिजमा पनि रिपेयर मोड क्रमिक रुपमा उपलब्ध गराउने जानकारी दिएको छ।
प्रकाशित: १६ श्रावण २०७९, सोमबार