सन् २००० देखि एप्पलद्वारा २४८ अटोमोटिभ पेटेन्ट दर्ता

  • Technology Khabar | १२ श्रावण २०७९, बिहीबार
सन् २००० देखि एप्पलद्वारा २४८ अटोमोटिभ पेटेन्ट दर्ता

काठमाडौं ।

अमेरिकी कम्पनी एप्पल लामो समयदेखि प्रविधि उद्योगमा रहेको छ। एप्पले स्मार्टफोन र अन्य उपकरण सम्बन्धी धेरै पेटेन्टहरु दर्ता गरिरहेको छ। एप्पले दशकौंदेखि अटोमोटिभ टेक्नोलोजीमा काम गरिरहेको तथ्य कसैबाट लुकेको छैन।

हाल सालैको रिपोर्ट अनुसार सन् २००० देखि एप्पले कुल २४८ अटोमोटिभ सम्बन्धित पेटेन्ट दर्ता गराइसकेको छ।

एप्पलको पेटेन्टमा ड्राइभरलेस टेक्नोलोजी, राईड कफोर्ट, सिट, सस्पेन्सन, नेभिगेन, ब्याट्री म्यानेजमेन्ट, भी२एक्स (भेहिकल टु भेहिकल) कम्युनिकेसनलगायत अन्य प्राविधिक उपकरण छन्।

सबैभन्दा धेरै दर्ता गरिएको पेन्टमा कम्युनिकेसन र नेभिगेसन पेटेन्टसहित मानवरहित ड्राइभिङ रहेको छ।

एप्पलको पेटेन्ट आवेदन दाखिल भएको करिब १८ महिनासम्म प्रकाशित हुँदैन। सन् २०२१ मा एप्पलको ८ वटा अटोमोटिभ पेटेन्ट प्रकाशित भइसकेका छन्। यस वर्ष पछि जारी हुने सम्भावना भएको गिजचाइनाले उल्लेख गरेको छ।

सन् २०१० देखि २०१५ सम्म एप्पले प्रति वर्ष १० भन्दा कम अटोमोटिभ पेटेन्ट दर्ताका लागि आवेदन दिएको थियो।

सन् २०१६ मा ४४ वटा पेटेन्ट र सन् २०१७ मा सर्वाधिक ६६ नयाँ पेटेन्ट दर्ता गरिएको थियो।

रिपोर्ट अनुसार एप्पलले सन् २०१४ मा चालबिहीन कार विकास गरिरहेको छ। तर अहिलेसम्म एप्पलको उक्त कार्य चर्चामा मात्र सिमित छ।

प्रकाशित: १२ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार