
काठमाडौं ।
नेटफ्लिक्सको प्रयोगकर्ताका लागि स्थान परिवर्तन गर्दा शुल्क लगाउने भएको छ। १० करोड भन्दा बढी प्रयोगकर्ताले अन्य व्यक्तिहरुबाट भुक्तानी गरिएका खाताको प्रयोग गरिएको पाईएको स्थान परिवर्तनमा शुल्क लाग्ने भएको गीगचाइनाले जनाएको छ।
एउटा साथीको खातामा अर्को साथीको प्रयोगले नेटफ्लिक्ससँगै ग्राहकलाई समेत घाटा हुने भएकाले कडाई गर्न थालेको कम्पनीले जनाएको छ।
प्रयोगकर्ताहरुले नेटफ्लिक्सका चलचित्रहरु मन पराउने भएकाले र त्यसको प्रयोग एक भन्दा बढीले एउटै पासपोर्ट प्रयोगमा जोड दिएकाले पनि घाटा हुने भएकाले नेटफ्लिक्सले पैसा लिने जनाएको हो।
नेटफ्लिक्सले हाल अर्जेन्टिना, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस र डोमिनिकन रिपब्लिक गरी पाँच ल्याटिन अमेरिकी देशहरूमा नयाँ “कर“ परीक्षण गरिरहेको छ।
एपले पत्ता लगाउने बित्तिकै प्रयोगकर्ताले घरमा कनेक्ट गर्न प्रयास गरिरहेकाले त्यसलाई थप शुल्क लाग्ने बताईएको छ।
प्रकाशित: ४ श्रावण २०७९, बुधबार