अमेरिका र रुसबीच अन्तरिक्ष उडानका लागि नयाँ सम्झौता

  • Technology Khabar | ३ श्रावण २०७९, मंगलवार

काठमाडौं ।

युक्रेन माथि आक्रमण गरेकाले अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाए छ। तर यसबीच अमेरिकीका र रुसबीच अन्तरिक्षमा मिलेर काम गर्ने सहमती भएको छ।

इनग्याजेडका अनुसार नासा र रोस्कोस्मसबीच अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन उडानमा सिट आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

अन्तरिक्ष यान कार्यक्रम बन्द भएसँगै नासाले आफ्नो अन्तरिक्ष यात्रीहरुलाई अर्बिट्रि ल्याबमा पुर्याउँन वषौंदेखि रुसको सोयुज उडानमा भर परिरहेको छ। स्पेस एक्सले मानव अन्तरिक्ष उडानका लागि क्रू ड्रायागन प्रमाणपत्र प्राप्त नगरेसम्म अमेरिका अन्तरिक्षण उडानका लागि रुसकै भरमा रहेको थियो।

हालको सम्झौतासँग नासाले फेरी सोयुजका सिटहरु सुरक्षित गरेको छ भने रुसी अन्तरिक्ष यात्रीहरुले पनि स्पेसएक्स क्रू ड्रायागनबाट उडान गर्न सक्ने भएका छन्।

नासाले न्युयोर्क टाइम्सलाई प्रदान गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उडान एकीकृत चालक दलले आवश्यक मर्मतसम्भार र स्पेसवाकहरूका लागि स्टेसन बोर्डमा उचित रूपमा प्रशिक्षित चालक दलका सदस्यहरू छन् भन्ने सुनिश्चित गर्दछ। यसले कुनै पनि चालक दलको अन्तरिक्ष यानमा समस्या, गम्भीर चालक दलको चिकित्सा समस्याहरू वा स्टेसनमा चालक दल आवश्यक पर्ने आपतकालीन अवस्थाहरूबाट पनि सुरक्षा प्रदान गर्दछ। उनीहरुलाई योजना भन्दा चाँडो पृथ्वीमा फर्कन सवारीको प्रवर्धन मिलाइनेछ।’

रद्द गरिएका उडान तथा अन्य आपतकालिन अवस्थाका लागि अमेरिका र रुसबाट सञ्चालित स्टेशनमा सँधै मानिसको उपस्थिति हुनेछ।

एजेन्सीका अनुसार पहिलो एकीकृत उडान सेप्टेम्बरमा हुनेछ। अन्ना किकिना क्रू ड्रयागनमा उडान गर्ने पहिलो रुसी अन्तरिक्ष यात्री हुने छिन्। उनीसँग नासाका निकोल मान र जोश कासाडाका साथ जापानका कोइची वाकाटा पनि सहभागी हुनेछन्। नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियो सोयुज उडानबाट आईएसएस तर्फ जानेछन्। सन् २०२३ मा रुसका आन्द्रेई फेड्याएभ र नासाका लोरल ओहाराले पनि सिट आदानप्रदान गर्नेछन्।

नयाँ सम्झौतामा पनि रकम परिवर्तन गरिएको छैन। नासाले विगतमा रोस्कोस्मसलाई प्रति सिट ५६ मिलियन अमेरिकी डलर तिर्दै आइरहेको छ।

प्रकाशित: ३ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया