
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा आयोगमा विभिन्न माध्यमबाट उजुरीहरु प्राप्त गरेको छ। जसमा फेसबुक, भाइबर र एसएमएसमार्फत पनि उजुरी संकलन गरेको छ।
आयोगको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा प्राप्त १६ हजार एक ४८ तथा अघिल्लो आर्थिक वर्ष २०७७/७८ वाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ गरी कुल २४ हजार २ सय ४१ उजुरीहरु परेका थिए।
आयोगकाअनुसार गत आवमा समाचारपत्रबाट २९०, लिखित निवेदन मार्फत ४,४९५, इमेल मार्फत २,७५७ ओटा उजुरीहरु परेका थिए।
त्यसैगरी फेसबुकबाट ९३, भाइबरबाट १५, आयोगको वेबसाइटबाट २,१६५, एसएमएस मार्फत ४, टेलिफोनबाट ७५०, मोबाइल एपबाट १०२, हुलाक सेवा २,७६० र अन्य स्रोतबाट २,७१७ उजुरी परेको आयोगले जनाएको छ।
ती उजुरी मध्ये आयोगले गत आवमा १७ हजार ९८ ओटा फर्छ्यौट गरेको जनाएको छ।
आर्थिक वर्ष २०७८/७९ मा ६० ओटा मुद्दामा आयोगले पुनरावेदन गरेको छ।
प्रकाशित: २ श्रावण २०७९, सोमबार