
काठमाडौं ।
फोर्ड मोटर कम्पनी र दक्षिण कोरियाली ब्याट्री निर्माता एसके अन कम्पनीले बिहीबार यसको सहायक कम्पनीसँग संयुक्त राज्य अमेरिकामा ब्याट्री उत्पादन सुविधाहरूको निर्माण र सञ्चालनका लागि संयुक्त उद्यम स्थापना गर्ने निर्णय गरेको छ।
ज्वाइन्ट भेन्चर कम्पनी ब्लूओभल एसके एलएलसीले अमेरिकाको टेनेसीमा इलेक्ट्रिक सवारी (ईभी) को लागि ब्याट्री प्लान्ट र केन्टकीमा दुई अन्य सुविधाहरू स्थापना गर्ने अमेरिकी अटोमेकरले नियामक फाइलिङमा भनेको रोयटर्सले उल्लेख गरेको छ।
दुवै कम्पनीले जेभीका लागि गत वर्षको मे महिनामा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। ब्लूओभल एसके ले वार्षिक रूपमा लगभग ६० गिगावाट आवरको पावर उत्पादन गर्ने अपेक्षा गरिएको छ जुन अझ बढाउन सकिन्छ।
धेरै ब्याट्री निर्माताहरूले ईभीहरुको लागि अपेक्षित वृद्धि पूरा गर्न र चीनमा उत्पादनमा निर्भरता घटाउन र सम्बन्धित आपूर्ति श्रृंखला जोखिमहरू घटाउन उद्योग प्रवृत्तिको भागको रूपमा अमेरिकामा लगानी गर्ने योजना घोषणा गरेका छन्।
दक्षिण कोरियाली ब्याट्री निर्माताहरूले यस वर्ष अमेरिकी प्लान्टहरूमा ५.५ अर्ब डलरको लगानी योजना घोषणा गरेका छन्।
रिपोर्टकाअनुसार फोर्डले २०२६ मा समाप्त हुने पाँच वर्षको अवधिमा ब्लूओभल एसकेलाई ६.६ अर्ब डलर पूँजी योगदान गर्ने अटोमेकरले बताएको छ।
प्रकाशित: १ श्रावण २०७९, आईतवार