Vivo

भिभो वाई२० को मूल्य घट्यो, अब मात्र रु.२०,९९९ मा किन्न पाईने

भिभो वाई२० को मूल्य घट्यो, अब मात्र रु.२०,९९९ मा किन्न पाईने
Global IME Bank

भिभोले हालै आफ्नो वाई संस्करणको स्मार्टफोन वाई(२० संस्करणको ४ जिबी प्लस ६४ जिबी भेरियन्टमा एक हजार आठ सय रुपैयाँले मूल्य घटाएको छ। कम्पनीले वाई-२० को नयाँ मूल्य २० हजार नौ सय ९९ रुपैयाँ तोकेको छ।

सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन खोजिरहेका ग्राहकहरूले अब स्लिम र ट्रेन्डी वाई २० खरिद गरेर भिभोको उत्कृष्ट विशेषताहरू र प्रविधिहरूको आनन्द लिन सक्ने कम्पनीको भनाई छ।

वाई२० मा १३ मेगापिक्सलको रिअर क्यामेरा, २ मेगापिक्सलको बोकेह क्यामेरा र २ मेगापिक्सलको म्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप छ। अपग्रेड गरिएको बोकेह प्रविधिसँग सुसज्जित, २ मेगापिक्सल बोकेह क्यामेराबाट प्रयोगकर्ताहरूले स्टुडियो गुणस्तरको तस्वीरहरू खिच्न सक्छन्। वाई२० मा फेस ब्युटी, पोट्र्रेट लाइट इफेक्ट, पिडिए टेक्नोलोजी र फिल्टरहरू लगायत धेरै क्यामेरा विशेषताहरू पनि छन्।

यसको साथै, वाई२० मा पाँच हजार एमएएच सुपर क्षमताको ब्याट्री र १० वाट फास्ट चार्ज प्रविधि छ। एआई पावर बचत टेक्नोलोजीको साथ एकपटक चार्ज गरेपछि २० घण्टासम्म फिल्म हेर्न वा १० घण्टासम्म गेम खेल्न सकिने कम्पनीको दाबी छ।

४ जिबी र्याम र ६४ जिबी रोम भएको यो स्मार्टफोन गेमिङ र फोटोग्राफीमा रुची राख्नेहरूका लागि निकै उपयुक्त विकल्प हुन सक्छ। यसमा साइड-माउन्टेड फिंगरप्रिन्ट स्क्यानर पनि छ जसले प्रयोगकर्ताहरूलाई छिटो स्मार्टफोन अनलक गर्न अनुमति दिन्छ।

Sajilo Visa
easy care