एमजी जेडएस ईभीमा नयाँ इन्टेरियर

  • Technology Khabar | ३२ असार २०७९, शनिबार
एमजी जेडएस ईभीमा नयाँ इन्टेरियर

काठमाडौं ।

एमजी मोटर इन्डियाले गत मार्च २०२२मा आफ्नो एमजी जेडएस ईभी फेसलिफ्ट भर्जन सार्वजनिक गरेको थियो। उक्त इलेक्ट्रिक एसयूभीको एक्साइट और एक्सक्लूसिभ गरी दुई भेरियन्टमा उपलब्ध छ।

एमजी जेडएस ईभीको एक्साइट भेरियन्टको डेलिभरी जुलाई महिनादेखि शुरु हुने अनुमान गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

यस्तोमा एमजी जेडएस ईभी फेसलिफ्टको सम्बन्धमा नयाँ रिपोर्ट बाहिर आएको छ। उक्त रिपोर्टका अनुसार, एक्सक्लूसिभ भेरियन्टले अल-ब्ल्याक केबिन स्पोर्ट गर्छ। छिट्दै एक नयाँ आइवरी कलर थीममा पेश गरिने सम्भावना छ। एमजी एस्टर जस्तै एमजी जेडएस संगरिया रेड, टक्सीडो ब्ल्याक र आइवरी कलर्समा उपलब्ध छ।

एमजी जेडएस ईभी एक्सेन्ट र कोन्ट्रास्टिंग रेड स्टिचिङ साथ अल-ब्ल्याक थीममा उपलब्ध छ। यदि यसलाई नयाँ आइवरी थीम केबिनमा पेश गरियो भने यसले धेरै आकर्षक र प्रिमियम अनुभव प्रदान गर्नेछ। कम्पनीले उक्त कारमा धेरै उत्कृष्ट फिचर प्रदान गरिरहेको छ।

एमजी जेडएस ईभीमा एउटा इलेक्ट्रिकली-एडजस्टेबल ड्राइवर सीट, एक प्यौनोरमिक सनरूफ, १०.१ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस स्मार्टफोन चार्जर, रेन–सेन्सिङ वाइपर र पूर्ण डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टरलगायत फिचर पनि दिइनेछ। यस्तै डिजिटल ब्लूटूथ, रियर ड्राइभ असिस्ट, ३६० डिग्री क्यामरा, डिल डिसेन्ट कन्ट्रोल ७५ भन्दा धेरै कनेक्टेड कार फिचरका साथै आई स्मार्ट फिचर पनि छ।

एमजी जेडएस ईभी फेसलिफ्टमा ५०.३ किलोवाट आवरको लिथियम आयन ब्याट्री दिइएको छ। कारले ४६१ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दावी छ। कारलाई ७.४ किलोवाट एसी चार्जरबाट ९ घण्टामा सतप्रतिशत चार्ज गर्न सकिन्छ।

५० किलोवाटको डीसी चार्जरबाट १ घण्टमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

प्रकाशित: ३२ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...