
काठमाडौं ।
अमेजन डटकम इंकलाई विश्वव्यापी डेलिभरी जायन्ट बनाउन भूमिका खेल्ने कन्जुमर बिजनेसतर्फका सीईओ डेभ क्लार्कले पद छाड्ने भएका छन्।
अमेजनका सीईओ एन्डी ज्यास्सीले केही हप्ताभित्र उनको ठाउँमा आउने नयाँ सीईओको नाम सार्वजनिक गर्ने बताएका छन्।
क्लार्कले उक्त कम्पनीमा २३ वर्ष काम गरेका रोयटर्सले उल्लेख गरेको छ।
उनको यो बिदाईले लामो समयदेखि जेफ बेजोसको ठिक मुनि रहेको मुख्य पद सम्हाल्ने व्यक्तिमा हेरफेर हुने देखिएको छ।
यसअघि उपाध्यक्षहरु तथा बेजोसले समेत कम्पनीको मुख्य पद छोडेपछि व्यवस्थापनमा हलचल आएको अमेजनमा अब क्लार्कको बहिर्गमनले पनि केही प्रभाव पार्ने देखिएको छ।
I've had an incredible time at Amazon but it’s time for me to build again. It's what drives me. To all I've had the honor of working with: thank you for making it so much fun to come to work every day for 23 years to invent cool, amazing things for customers.
Email to team below pic.twitter.com/c8Ao46VvaJ
— Dave Clark (@davehclark) June 3, 2022
प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार