एप्पलका कर्मचारीद्वारा खुलापत्र मार्फत् नयाँ वर्क-फ्रम-होम नीतिको आलोचना

  • Technology Khabar | २२ बैशाख २०७९, बिहीबार
एप्पलका कर्मचारीद्वारा खुलापत्र मार्फत् नयाँ वर्क-फ्रम-होम नीतिको आलोचना

काठमाडौं ।

एप्पलका कर्मचारीहरुको एउटा समूहले कम्पनीको कार्यकारीट टोलीलाई खुला पत्र लेख्दै वर्क फ्रम होमको नयाँ नीतिबारे असन्तुष्टि व्यक्त गरेका छन्।

आईमोरको रिपोर्ट अनुसार हालै कम्पनीले हप्तमा २ दिन मात्र वर्क फ्रम होमको सुविधा पाउने नियम ल्याएपछि त्यसको विरोधमा उक्त पत्र लेखिएको इन्ग्याजेटले उल्लेख गरेको छ।

ती कर्मचारीले कम्पनीले यो नियम लागू गर्नुको कारण आधारहीन भएको, नीति उपयोगी तथा लचिलो नभएकाले यसले कम उमेरको, अझ बढी पुरुष बाहुल्य भएको तथा सक्षम शरीर भएकाहरुको कार्यदल बनाउने खालको रहेको आरोप लगाएका छन्।

‘तपाईँहरुले व्यक्तिहरुबिचको समुदाय बनाएर लचिलो कामका लागि हाइब्रिड वर्किङ पाइलटको निर्णय गर्नुभएको थियो। तर यथार्थमा काम लचिलो तरिकाले नभई डरका कारण भइरहेको छ; कामको भविष्य, कामदारको स्वायत्तता तथा नियन्त्रण गुम्ने डर’, उनीहरुले पत्रमा लेखेका छन्।

प्रकाशित: २२ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार