क्वाइनबेसद्वारा सबै यूजरका लागि एनएफटी मार्केटप्लेस खुला

  • Technology Khabar | २२ बैशाख २०७९, बिहीबार
क्वाइनबेसद्वारा सबै यूजरका लागि एनएफटी मार्केटप्लेस खुला

काठमाडौं ।

क्वाइनबेस ग्लोबल इंकले सबै यूजरका लागि एनएफटी मार्केटप्लेस खुला गर्ने भएको छ।

अमेरिकी क्रिप्टोकरेन्सी एक्सचेन्जले बुधबार ट्विटरमा यो जानकारी पोस्ट गरेको हो। अमेरिकी क्रिप्टोकरेन्सी एक्सचेन्ज अमेरिकामा क्रिप्टो प्रयोगकर्ता चयन गर्ने जिम्मेवारी पाएको संस्था हो।

क्वाइनबेसले आफ्नो एनएफटी मार्केटप्लेस बिटा चरणमा रहेको र कम्पनीले यो प्लेटफर्ममा थप फिचरहरु राख्न काम गरिरहेको जनाएको छ।

गत वर्षको अक्टोबरमा घोषणा गरिएको यो प्लेटफर्म अप्रिलमा अमेरिकाका केही यूजरहरुको सानो समूहका लागि खुला गरिएको र त्यसको ५ हप्ताभित्र प्लेटफर्म परीक्षणका क्रममा थप यूजरहरु थप्ने जनाएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २२ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार