
काठमाडौं ।
चीनको मोबाइल गेम क्षेत्रले वर्षको पहिलो त्रैमासिकमा स्थिर वृद्धि दर्ता गरेको यस क्षेत्रको अनुसन्धान एजेन्सी सीएनजीले जारी गरेको प्रतिवेदनले देखाएको छ।
यस अवधिमा देशको मोबाइल गेम उद्योगको बिक्री राजस्व ६०.४३ अर्ब युआन (लगभग ९.१३ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.७२ प्रतिशतले बढेको छ । यसका साथै यो २०२१ को चौथो त्रैमासिकको तुलनामा ९.२८ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको समाचार एजेन्सी सिन्ह्वाले रिपोर्ट गरेको छ।
देशको गेम बजारको कुल राजस्व ७९.४७ अर्ब युआनभन्दा बढी रहेको छ, जुन वर्षको तुलनामा ३.१७ प्रतिशत र त्रैमासिकमा १०.०८ प्रतिशतले बढेको छ।
समाचार रिपोर्टकाअनुसार चीनद्वारा विकसित गेमहरूले विदेशी बजारमा ४.५५ अर्ब डलरभन्दा बढीको व्यापार गरेको छ, जुन त्रैमासिक आधारमा ०.५४ प्रतिशतले घटेको छ।
प्रकाशित: २२ बैशाख २०७९, बिहीबार