नेपाल दूरसञ्चार प्राधिकरणको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार सहायक निर्देशक सुगन शाक्यलाई

  • Technology Khabar | २० फाल्गुन २०७८, शुक्रबार
नेपाल दूरसञ्चार प्राधिकरणको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार सहायक निर्देशक सुगन शाक्यलाई

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको प्रविधि अनुसन्धान तथा विकास शाखामा कार्यरत सहायक निर्देशक सुगन शाक्यलाई उत्कृष्ट प्राधिकरण सेवा पुरस्कार प्रदान गरिएको छ।

शाक्यलाई अफिस अटोमेशन सेवाको सफल सञ्चालन गरी कोभिड-१९ को पहिलो दोस्रो तथा तेस्रो लहरमा समेत दूरसञ्चार जस्तो अत्यावश्यकीय सेवा सञ्चालनमा सहयोग पुर्याएकोमा ‘बेस्ट इम्प्लोई २०७८’ अर्थात् २०७८ सालको सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरिएको हो।

प्राधिकरणको स्वचालित विद्युतीय कार्यालय सञ्चालन प्रणाली सञ्चालनमा ल्याउन अहम् भूमिका निर्वाह गरेको र उक्त प्रणालीलाई चुस्त दुरुस्त राखेर यस्तो प्रणालीयुक्त पहिलो सार्वजनिक कार्यालय बनाउन सहयोग पुर्याएकोमा शाक्यले उक्त पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका हुन्।

यसैगरी प्राधिकरणले २४ ‌औं वार्षिकोत्सवको अवसरमा विभिन्न शाखामा काम गर्ने विभिन्न तहका कर्मचारीलाई हाैसलास्वरुप एक ग्रेड वृद्धिको पुरस्कार प्रदान गरेको छ।

पुरस्कार पाउने कर्मचारीहरु यस प्रकार छन्:

निर्देशक-अर्जुन घिमिरे

निर्देशक-सन्तोष पाैडेल

निर्देशक-डा. सुरेन्द्रलाल हाडा

उप-निर्देशक-अच्युतानन्द मिश्र

उप निर्देशक-प्रतिमा घिमिरे

उप निर्देशक-झलक बहादुर थापा

उप निर्देशक-सूर्यप्रसाद लामिछाने

सहायक निर्देशक-सुनिता पाण्डे

सहायक निर्देशक-सागर कुमार भट्टराई

सहायक निर्देशक-शंकर प्रसाद शर्मा

सहायक निर्देशक-सन्तोषराज तिमल्सिना

सहायक निर्देशक-प्रतीक्षा पाैडेल

सहायक निर्देशक-राधेश्याम योगल

सहायक निर्देशक-ओमप्रकाश महतो

सहायक निर्देशक-रञ्जिता पाैडेल

सहायक निर्देशक-सुरेन्द्र खत्री

सहायक निर्देशक-रचित आचार्य

सहायक निर्देशक-राजेन्द्र थापा

सहायक निर्देशक बब्लीकुमारी खड्का लगायत विभिन्न सहायक स्तरका कर्मचारीहरु

यसबाहेक प्राधिकरणले २४ ‌औं वार्षिकोत्सवको अवसरमा दुई जना कर्मचारीहरुलाई दिर्घसेवा पदक प्रदान गरेको छ। प्राधिकरणले २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरु निर्देशक सन्तोष पौडेल र निर्देशक डा. सुरेन्द्रलाल हाडालाई प्रदान गरेको छ।

*तस्बिर  तथा समाचार सच्याईएको- सम्पादक

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

एक्सबक्स मोड अब विन्डोज ११ मा रोल आउट गरिँदै

  • Technology Khabar
  • २० फाल्गुन २०७८, शुक्रबार