आईक्यानले रुसमा इन्टरनेट सेवा अवरुद्ध नगर्ने

  • Technology Khabar | २० फाल्गुन २०७८, शुक्रबार
आईक्यानले रुसमा इन्टरनेट सेवा अवरुद्ध नगर्ने

काठमाडौं ।

इन्टरनेट कर्पोरेशन फर असाइन्ड नेम्स एन्ड नम्बर्स आईक्यानले रुसमा इन्टरनेट सेवा अवरुद्ध नगर्ने बताएको छ।

सोमबार यूक्रेनी अधिकारीहरुले उक्त संस्था तथा आरआईपीई एनसीसी अर्थात् रिसक्स आईपी यूरोपियन्स नेटवर्क कोअर्डिनेशन सेन्टरलाई डट आरयू, डट पीईएफ तथा डट एसयू डोमेन रद्द गरिदिन गरेको आग्रहको जवाफमा यस्तो बताएको हो।

उनीहरुले विभिन्न डोमेन अन्तर्गतका वेबसाइटहरु अफलाइन बनाउने उद्देश्यले मस्को तथा सेन्ट पिटसबर्गमा रहेका रुट सर्भरहरु पनि बन्द गरिदिन आग्रह गरेका थिए।

गत बिहीबार आईक्यानले उक्त आग्रहको जवाफ दिँदै यसो गर्नु संस्थाको कार्यक्षेत्रभित्र नपर्ने र शुरुवातमै यस्तो प्रतिबन्ध लगाउन सम्भव पनि नभएको बताएको थियो।

‘इन्टरनेट एउटा विकेन्द्रीकृत प्रणाली भएको यहाँहरुलाई विदितै छ। यसका कुनै एक घटकले मात्र चाहेर यसलाई नियन्त्रण वा बन्द गर्न सक्दैन’, आईक्यानका सीईओ गोरान मार्बीले आईक्यानका लागि यूक्रेनका प्रतिनिधि एन्ड्री नाबोक तथा उप प्रधानमन्त्री मिखाइलो फेदोरोभको आग्रहको जवाफमा लेखेका छन्।

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Orientation session held in Itahari under “Digital and IT-Enabled Business Incubation Service (BIS) Program 2026”

  • Technology Khabar
  • २० फाल्गुन २०७८, शुक्रबार