
काठमाडौं ।
मिडियाटेकले अमेरिकामा एन्ड्रोइड स्मार्टफोनका लागि सेमिकण्डक्टर (अर्धचालक) चिपसेटहरूको सबैभन्दा ठूलो आपूर्तिकर्ताको रूपमा क्वालकमलाई उछिनेको छ।
आईडीसीको पछिल्लो रिपोर्ट अनुसार, मिडियाटेकले २०२१ को चौथो क्वाटरमा सामान्यतया प्रभावशाली क्वालकमलाई पछि पार्दै ५० प्रतिशत भन्दा बढी बजार सेयर कमान्ड गर्यो।
यद्यपि, काउन्टरप्वाइन्टको प्रतिवेदनले क्वालकम अझै पनि ५५ प्रतिशत बजार सेयरको साथ बजारमा प्रभुत्व जमाएको देखाउँछ, त्यसलाई मिडियाटेकले पछ्याएको छ।
मिडियाटेकले यसको डाइमेन्सिटी चिपसेटहरुको सिरिजमा भर्खरै डाइमेन्सिटी ८०००, डाइमेन्सिटी८१००, र डाइमेन्सिटी १३०० चीपसेट प्रस्तुत गरेपछि बजार सेयर हासिल गर्दैछ।
आईडीसीको रिपोर्टअनुसार, मिडियाटेकले एन्ड्रोइड स्मार्टफोनका लागि सेमिकण्डक्टर चिपसेटहरूको सबैभन्दा ठूलो आपूर्तिकर्ताको रूपमा क्वालकमलाई उछिनेको पीसीम्यागले रिपोर्टमा जनाएको छ।
रिपोर्टमा उल्लेख भएअनुसार ताइवानको सेमिकण्डक्टर निर्माताले सन् २०२१ को चौथो त्रैमासिकमा अमेरिकाको एन्ड्रोइड स्मार्टफोन बजारको ५१ प्रतिशतभन्दा बढी हासिल गरेको छ। क्वालकमको सोही अवधिमा ४७ प्रतिशत मात्र बजार हिस्सा रहेको बताइएको छ।
यद्यपि, द भर्जले आईडीसी प्रतिवेदनले अमेरिकामा मिडियाटेक र क्वालकमको बजार साझेदारीको लागि केहि फरक तथ्याङ्क रहेको उल्लेख गरेको छ। मिडियाटेकको ४८.१ प्रतिशत बजार हिस्सा छ भने पछिल्लोको ४३.९ प्रतिशत छ।
मिडियाटेकले ४०० डलरको बजारमा प्रभुत्व जमाएसँगै अमेरिकी बजारमा अगाडी आउन सकेको रिपोर्टमा दाबी छ।
प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार