अन्तरिक्षको फोहोर समाधानमा लाग्ने स्टिभ वोज्नियाकको योजना

  • Technology Khabar | १९ फाल्गुन २०७८, बिहीबार
अन्तरिक्षको फोहोर समाधानमा लाग्ने स्टिभ वोज्नियाकको योजना

काठमाडौं ।

अमेरिकी इलेक्ट्रोनिक्स एप्पलका सह संस्थापक तथा इन्जिनीयर स्टिभ वोज्नियाकको अबको योजना अन्तरिक्षको फोहोरतर्फ केन्द्रित भएको छ।

तर उनका सह-संस्थापकले यो परियोजनाका लागि आवश्यक रकम भने आफूहरुले अनुमान गरेभन्दा धेरै लाग्ने बताएका छन्।

‘स्टिभले अरु पैसा कमाउने बारेमा सोच्छन जस्तो मलाई लाग्दैन र म यो मामिलामा कुनै लापरवाही गर्न चाहन्न’, वोज्नियाकका लामो समयदेखिका साझेदार तथा प्राइभेटियर नामक नयाँ संस्थाका सीईओ एलेक्स फिल्डिङले भने।

सीएनएनकाअनुसार प्राइभेटियरको उद्देश्य अन्तरिक्षमा रहेका वस्तुहरु ट्र्याक गर्ने र ती तथ्याङ्कलाई अन्तरिक्षमा हुने खतरनाक ठक्कर कम गर्नमा प्रयोग गरिनेछ।

यसै कामका लागि हालै समूहमा अर्बिटल मेकानिक्समा विद्यावारिधि गरेका प्राध्यापक मोरिबा जाहलाई पनि समावेश गरिएको छ।

जाहले आफ्नो जीवनको अधिकांश समय अन्तरिक्षमा भएका फोहरहरुका कारण हुनसक्ने ठक्कर र त्यसको परिणामबारे सचेतना फैलाउनका लागि व्यतीत गरेका छन्।

जाहले यसका लागि सम्बद्ध प्रविधि विकास गर्न थुप्रै रकम लाग्ने भएकाले लगानीकर्ता खोज्दै जाँदा वोज्नियाकसम्म पुगेको सीएनएनलाई बताएका छन्।

प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...