
काठमाडौं ।
फेसबुकले विश्वव्यापी रूपमा छोटो भिडियो बनाउनको लागि आफ्नो रिल्स सुविधा रोल आउट गरेको छ। टिकटकलाई कडा टक्कर दिन मेटाले यो सुविधा १५० भन्दा बढी देशहरूमा रोल आउट गरेको छ।
यो फिचरको मद्दतले अब मानिसहरूले इन्स्टाग्राम जस्तै फेसबुकमा रिल्स बनाउन सक्नेछन्।
यो सुविधा एन्ड्रोइड र आईओएस दुबै डिभाइसहरूको लागि ल्याइएको हो। इन्स्टाग्राम जस्तै, फेसबुक रिल्स सुविधा प्रयोग गर्न पनि धेरै सजिलो छ। प्रयोगकर्ताहरूले इन्स्टाग्राममा जसरी रिल्स सिर्जना गर्ने गर्दछन अब त्यसैगरी फेसबुकमा पनि रिल्स बनाउन सक्नेछन् ।
यसरी बनाउनुहोस् फेसबुक रिल्स
मेटाले एक ब्लग पोस्टमा यो फिचर विश्वव्यापीरूपमा लन्च गरिएको बताएको छ। यो सिर्जनाकर्ताहरूको लागि कमाईको नयाँ स्रोत हुनेछ। यो सुविधा फेसबुकले गत वर्ष रोल आउट गरिएको थियो।
फेसबुकमा रिलहरू सिर्जना गर्न तल दिइएको स्टेपहरू पालना गर्नुहोस्।
सेभ बटनमा क्लिक गरेर सिर्जना गरिएका रिल्स सुरक्षित र डाउनलोड गर्न सकिन्छ।
स्मरणरहोस् हालसम्म नेपालमा फेसबुकको रिल्स फिचर लन्च भईसकेको छैन्। तर छिटै बिस्तार गर्ने उल्लेख गरेकोछ।
प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार