रियलमी नार्जो १०० लाइट घोषणा; १४४ हर्ज स्क्रिन र ७,००० एमएएच ब्याट्री समावेश 

  • Technology Khabar | २ बैशाख २०८३, बुधबार
रियलमी नार्जो १०० लाइट घोषणा; १४४ हर्ज स्क्रिन र ७,००० एमएएच ब्याट्री समावेश 
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

रियलमीले आफ्नो नार्जो सेरिजको नयाँ सदस्यको रूपमा नार्जो १०० लाइटको घोषणा गरेको छ।

डाइमेन्सिटी ६३०० एसओसीद्वारा संचालित रियलमी नार्जो १०० लाइट एन्ड्रोइड १६ मा आधारित रियलमी यूआई ७.० चलाउँछ। यो फोन ६ जीबी सम्मको एलपीडीडीआर४एक्स र्याम र १२८जीबी ईएमएमसी५.१ स्टारेजको साथ आउँछ भने उक्त स्टारेज माइक्रोएसडी कार्ड मार्फत विस्तार गर्न सकिन्छ।

नार्जो १०० लाइटमा १४४हर्ज र ९०० निट्स पिक ब्राइटनेस भएको ६.८ इन्चको एचडीप्लस एलसीडी रहेको छ। साथै ५मेगापिक्सेल सेल्फी क्यामराको लागि नच रहेको डिस्प्लेलाई भिजेको वा चिल्लो चलाउन सकिन्छ।

नार्जो १०० लाइटको पछाडि तीनओटा क्यामरा सर्कलहरू सहित एलईडी फ्ल्यास रहेका छन्। तर ती मध्ये केवल दुईओटा मात्र क्यामराहरू भएको र त्यसमध्ये एउटा प्राथमिक क्यामराको रूपमा काम गर्ने र १३ मेगापिक्सेल सेन्सर प्रयोग गर्ने बताइएको छ। रियलमीले अर्को क्यामराले के गर्छ भनेर खुलासा गरेको छैन।

नार्जो १०० लाइटमा १५वाट चार्जिङ समर्थन गर्ने ७,००० एमएएच ब्याट्री समावेश गरिएको छ। यो ब्याट्रीले बाइपास चार्जिङ र रिभर्स वायर्ड चार्जिङलाई पनि समर्थन गर्दछ।

रियलमी नार्जो १०० लाइटका अन्य स्पेसिफिकेशनहरूमा आईपी६४ रेटिङ, ३.५एमएम हेडफोन ज्याक, र ५३०० एमएम२ एयरफ्लो भीसी कूलिङ प्रणाली समावेश छन्।

नार्जो १०० लाइट फ्रोस्ट सिल्भर र थन्डर ब्ल्याक रङ्गहरूमा आउँछ भने ४जीबी/६४जीबी, ४जीबी/१२८जीबी र ६जीबी/१२८जीबी गरी तीनओटा मेमोरी कन्फिगरेसनमा उपलब्ध छन्।

नार्जो १०० लाइटको मेमोरी कन्फिगरेसन र मूल्यः

  • ४जीबी/६४जीबीको मूल्य १३,४९९ भारतीय रुपैयाँ (१४५ अमेरिकी डलर/१२५ यूरो)
  • ४जीबी/१२८जीबी को मूल्य १४,४९९ भारतीय रुपैयाँ (१५५ अमेरिकी डलर/१३० यूरो)
  • ६जीबी/१२८जीबीको मूल्य १६,४९९ भारतीय रुपैयाँ (१८० अमेरिकी डलर/१५० यूरो)

नार्जो १०० लाइटको पहिलो बिक्री भारतमा रियलमीको आधिकारिक वेबसाइट र अमेजन डट इनमा अप्रिल २१ देखि सुरु हुने जीएसएमएरिनामले रिपोर्ट गरेको छ।

प्रकाशित: २ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार