
काठमाडौं ।
ह्वावेले अर्को हप्ता चीनमा आफ्नो फोल्डेबल लाइनअपमा थप नयाँ डिभाइस अनावरण गर्ने तयारीमा छ। पुरा एक्स म्याक्स भनिने आगामी मोडेलमा मूल पुरा एक्सको तुलनामा ठूला डिस्प्लेहरू हुनेछन्। मूल पुरा एक्स आफ्नो परम्परागत भन्दा फरक वाइड–अस्पेक्ट–रेशियो फोल्डेबल डिजाइनको लागि परिचित रहेको थियो।
ह्वावे पुरा एक्स म्याक्स अप्रिल २० मा चीनमा पुरा ९० प्रो सिरिजसँगै लन्च हुने तयारीमा छ। डिभाइस डेब्यू हुनुभन्दा अगाडि ह्वावेले फोनको डिजाइन, रङ्ग विकल्पहरूका साथै र्याम र स्टोरेज कन्फिगरेसनहरूको खुलासा गरेको छ।
यो डिभाइस पिल–सेप्ड (आकार) को तेर्सो मोड्युल भित्र राखिएको ट्रिपल–रियर क्यामरा सेटअपको साथ देखा परेको छ। फोनले बाहिरी र भित्री स्क्रिन दुवैमा सेल्फी क्यामराहरू समावेस गरेको छ।
ह्वावेको आधिकारिक अनलाइन स्टोरका अनुसार पुरा एक्स म्याक्स इन्टरस्टेलर ब्लू, ओलिभ गोल्ड, फ्यान्टम नाइट ब्ल्याक, भाइब्रेन्ट ओरेञ्ज र जीरो डिग्री ह्वाइट रङ्ग विकल्पहरूमा उपलब्ध हुनेछ।
यो डिभाइस १२जीबी/१२८जीबी, १२जीबी/५१२जीबी, १६जीबी/५१२जीबी र १६जीबी/१टीबी र्याम र स्टोरेज कन्फिगरेसनमा बिक्री गरिनेछ। इच्छुक ग्राहकहरूले ह्वावे अनलाइन स्टोरमा फोन प्रि–अर्डर गर्न सक्नेछन्।
ह्वावेले फोनको कुनै पनि स्पेसिफिकेसनहरू साझा नगरे पनि पुरा एक्स म्याक्सले पुरा एक्स भन्दा ठूलो, फराकिलो कभर र भित्री स्क्रिनहरू प्रदान गर्ने सम्भावना छ। यो डिभाइस किरिन ९०३० सिरिज चिपसेटद्वारा संचालित हुने सम्भावना रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २ बैशाख २०८३, बुधबार