माइक्रोसफ्टले आउटलूक लाइट एप अर्को महिना बन्द गर्ने

  • Technology Khabar | २ बैशाख २०८३, बुधबार
माइक्रोसफ्टले आउटलूक लाइट एप अर्को महिना बन्द गर्ने

काठमाडौं ।

माइक्रोसफ्टले आउटलूक लाइटलाई मे २६ मा बन्द गर्ने पुष्टि गरेको छ। कम्पनीले सोमबार दिएको जानकारीअनुसार, २०२२ मा सुरु गरिएको आउटलूक लाइट नियमित आउटलूक एपको हल्का संस्करण हो, जुन कम स्टोरेज भएका एन्ड्रोइड फोन र ढिलो इन्टरनेट भएका क्षेत्रका लागि डिजाइन गरिएको थियो।

यो एप पहिले नै बन्द गर्ने योजना बनाइएको थियो। माइक्रोसफ्टले गत वर्ष घोषणा गर्दै यसलाई अक्टोबर २०२५ मा गुगल प्ले स्टोरबाट हटाइने बताएको थियो। अब कम्पनीले अर्को महिना देखि यस एपले प्रयोगकर्ताका लागि काम गर्न बन्द गर्ने पुष्टि गरेको टेकक्रञ्चले उल्लेख गरेको छ।

यो समाचार पहिलो पटक नियोविनले सार्वजनिक गरेको थियो। “सुरक्षित र धेरै फिचर भएको इमेल अनुभव जारी राख्न हामी आउटलूक मोबाइलमा सर्न सिफारिस गर्छौं,” माइक्रोसफ्टले आउटलूक लाइटको सपोर्ट पेजमा भनेको छ।

आउटलूक लाइट प्रयोगकर्ताहरूले आउटलूक मोबाइलमा साइन इन गरेर आफ्ना पुराना इमेल, क्यालेन्डर र एट्याचमेन्टहरू प्रयोग गर्न सक्नेछन्। साथै, प्रयोगकर्ताहरूलाई स्ट्यान्डर्ड आउटलूक एप डाउनलोड गर्न गुगल प्ले स्टोरमा पठाइनेछ।

प्रकाशित: २ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार