
काठमाडौं ।
टीसीएल कम्पनीले एक पटक चार्ज गर्दा एक हप्तासम्म टिक्न सक्ने नेक्स्टपेपर (NXTPAPER) नामक स्मार्टफोन प्रस्तुत गरेको छ।
टीसीएल नेक्स्टपेपर ७० प्रो कम्पनीको नेक्स्टपेपर प्रविधि भएको नवीनतम डिभाइस हो र यो डिभाइसको मूल्य २०० अमेरिकी डलर रहेको छ।
टीसीएल नेक्स्टपेपर ७० प्रोमा मिडियाटेक डाइमेन्सिटी ७३०० चिप र ८जीबी र्याम समावेश गरिएको छ। फोनमा माइक्रोएसडी कार्ड स्लट पनि रहेको छ र २टीबी सम्म स्टोरेज स्पेस भएका कार्डहरूलाई समर्थन गर्दछ।
यो स्मार्टफोनमा ५,२००एमएएच ब्याट्री रहेको छ। साथै स्मार्टफोनमा ५० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा–वाइड र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश गरिएको छ।
यो चिप सबैभन्दा छिटो नभएपनि चिपले पर्याप्त काम गर्न सक्ने बताइएको छ।
यो चिपले नेक्स्टपेपर डिस्प्लेसँगै टीसीएललाई ७० प्रोको लागि एक पटक चार्ज गर्दा सात दिनसम्मको ब्याट्री लाइफको प्रदान गर्न अनुमति दिएको बताइएको छ।
सामान्य स्पेसिफिकेशन्समा आपत्ति नभएका र एक हप्ता टिक्ने किफायती फोन चाहिनेहरुलाई यो टीसीएल नेक्स्टपेपर ७० प्रो उपयुक्त हुने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २ बैशाख २०८३, बुधबार