रेडमी ए७ प्रो ५जी आधिकारिक रूपमा सार्वजनिक; ६.९ इन्चको स्क्रिन र ६,३००एमएएच ब्याट्री समावेश

  • Technology Khabar | २ बैशाख २०८३, बुधबार
रेडमी ए७ प्रो ५जी आधिकारिक रूपमा सार्वजनिक; ६.९ इन्चको स्क्रिन र ६,३००एमएएच ब्याट्री समावेश
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

रेडमी ए७ प्रो ५जी भारतमा ठूलो ६.९ इन्चको डिस्प्ले भएको बजेट स्मार्टफोनको रूपमा लन्च गरिएको छ। साथै रेडमी ए७ प्रो ५जी कम्पनीको ए–लाइनअपमा पहिलो प्रो मोडेल हो।

अक्टा–कोर युनिसोक टी८३०० चिपसेटद्वारा संचालित रेडमी ए७ प्रो ५जीमा ४जीबी एलपीडीडीआर४एक्स र्याम र १२८जीबी सम्मको यूएफएस २.२ आन्तरिक स्टोरेज समावेश गरिएको छ। फोनमा स्टोरेज विस्तारको लागि माइक्रोएसडी कार्ड स्लट पनि उपलब्ध छ।

रेडमी ए७ प्रो ५जीमा १२०हर्ज सम्मको रिफ्रेस रेट र ८०० निट्सको पिक ब्राइटनेस प्रदान गर्ने मा ६.९ इन्चको एचडी+ एलसीडी डिस्प्ले रहेको छ।

ह्यान्डसेटको पछाडि ३२ मेगापिक्सेलको प्राथमिक रियर सेन्सर रहेको छ भने सेल्फी र भिडियो कलिङको लागि ८ मेगापिक्सेलको क्यामरा राखिएको छ।

यो फोनमा १५ वाट वायर्ड र ७.५ वाट रिभर्स वायर्ड चार्जिङ सपोर्ट सहितको ६,३०० एमएएच ब्याट्री रहेको छ। फोनले एन्ड्रोइड १६–आधारित हाइपरओएस ३ चलाउँछ र ४ वर्षको ओएस अपडेटका साथै ६ वर्षको सुरक्षा प्याचहरू प्राप्त गर्नेछ।

अन्य स्पेसिफिकेशनहरूमा आईपी५२ रेटिङ, वाई(फाई, ब्लुटुथ ५.४, जीपीएस, डुअल ५जी सिम सपोर्ट, साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, ३.५ एमएम हेडफोन ज्याक र यूएसबी टाइप–सी पोर्ट समावेश छन्।
रेडमी ए७ प्रो ५जी कालो, मिस्ट ब्लू र सनसेट ओरेञ्ज रङ्ग विकल्पहरूमा उपलब्ध हुनेछ।

रेडमी ए७ प्रो ५जीको ४जीबी/६४जीबी भेरियन्टको मूल्य ११,४९९ भारतीय रुपैयाँ (१२५ अमेरिकी डलर) कायम गरिएको छ भने ४जीबी/१२८ जीबी विकल्पको मूल्य १२,४९९ भारतीय रुपैयाँ (१३५ अमेरिकी डलर) हुनेछ। रेडमी ए७ प्रो ५जीको बिक्री अप्रिल १५ मा सुरु हुने तय भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार