साउदी अरेबियाले फ्युचर टेकमा ६ अर्ब ४० करोड डलर लगानी गर्ने

  • Technology Khabar | १९ माघ २०७८, बुधबार
साउदी अरेबियाले फ्युचर टेकमा ६ अर्ब ४० करोड डलर लगानी गर्ने

काठमाडौं ।

साउदी अरेबियाले भविष्यमा आउने प्रविधिहरुका क्षेत्रमा ६ अर्ब ४० करोड डलर लगानी गर्ने घोषणा गरेको छ।

साउदी अरेबियाका सञ्चार तथा सूचना प्रविधिमन्त्रीले मंगलबार यस्तो घोषणा गरेका हुन्।

रोयटर्सका अनुसार साउदीले व्यापक क्षेत्रीय प्रतिस्पर्धाका बीच आफ्नो अर्थतन्त्रलाई पेट्रोलियमबाट अझ विस्तार गरेर अन्य क्षेत्रमा पनि लैजाने योजना अनुरुप फ्युचर टेकमा हात हाल्न लागेको हो।

धनी खाडी मुलुकहरुले जलवायु परिवर्तनको समस्या तथा पेट्रोलियम पदार्थको मूल्य घट्नाले सरकारलाई लगानी बढाउन हम्मे परिरहेका बेला पेट्रोलियम क्षेत्रभन्दा बाहिर लगानी गर्दै कच्चा तेलमामात्र भर नपर्ने स्थितिको शुरुवात गरिसकेका छन्।

साउदीले यसअघि नै अर्थतन्त्र परिवर्तनको योजना भिजन २०३० का लागि खर्बो डलर लगानी गर्ने घोषणा गरिसकेको छ।

उक्त योजनाको नेतृत्व साउदी युवराज मोहम्मद बिन सलमानले गरेका थिए।

मंगलबार घोषणा गरिएको लगानीमा ईडब्लूटीपी अरेबिया क्यापिटल, पब्लिक इन्भेस्टमेन्ट फन्ड तथा चीनको जेएन्डटी एक्सप्रेस ग्रुपको संयुक्त २ अर्ब डलर रहने मन्त्री अब्दुल्लाह अल्स्वाहाले बताए।

यसबाहेक साउदी तेल कम्पनी अराम्कोले आफ्नो प्रोस्पेरिटी७ भेन्चरमार्फत् परिवर्तनकारी स्टार्ट अप स्थापना गर्न विश्वभरका व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले १ अर्ब डलर लगानी गर्ने रोयटर्सले उल्लेख गरेको छ।

साथै साउदी टेलिकम कम्पनी एसटीसीले पूर्वाधार तथा समुद्रमुनिको केबल र डाटा सेन्टरका लागि १ अर्ब डलर लगानी गर्ने मन्त्रीले जनाएका छन्।

प्रकाशित: १९ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार