भारतले २०२२ भित्रै फाइभजी सेवाका लागि स्पेक्ट्रम लिलामी गर्ने

  • Technology Khabar | १९ माघ २०७८, बुधबार
भारतले २०२२ भित्रै फाइभजी सेवाका लागि स्पेक्ट्रम लिलामी गर्ने

काठमाडौं ।

भारतमा फाइभजी सेवा छिट्टै रोल आउट हुँदैछ। मंगलबार फेब्रुअरी १ मा, केन्द्रीय बजेट २०२२ ल्याउँदै भारतीय वित्त मन्त्री निर्मला सीथारमणले फाइभजी सेवा रोल आउट गर्न स्पेक्ट्रम यस वर्ष लिलामी गरिने बताईन्।

भारतीय मिडियाहरुकाअनुसार यसका साथसाथै फाइभजी मोबाइल सेवाहरू २०२२ देखि २०२३ सम्ममा रोल आउट गरिनेछ। यसबाहेक फाइभजी सेवाका लागि पीएलआई योजना पनि घोषणा गरिएको छ।

धेरै स्मार्टफोन कम्पनीहरूले आफ्नो ५जी स्मार्टफोन भारतीय बजारमा लन्च गरिसकेका छन्।

टेलिकम कम्पनीहरूले देशमा फाइभजी सेवाको परीक्षण सुरु गरिसकेका छन्। भारती एयरटेलले कोलकाताको बाहिरी इलाकामा नोकियासँगको साझेदारीमा ७०० मेगाहर्ज ब्यान्डमा भारतको पहिलो ५जी परीक्षण सफलतापूर्वक सम्पन्न गर्यो।

रिलायन्स जियो पनि ५जी परीक्षणको दौडमा सामेल छ। कम्पनीले आफ्नो स्वदेशी फाइभजी नेटवर्कमा कनेक्ट गरिएका ड्रोनहरूको सफलतापूर्वक परीक्षण गरेको छ।

यसअघि नै नियामक निकाय ट्राईले प्रारम्भिक चरणमा ५जी सेवा केहि शहरहरूमा मात्र उपलब्ध हुने घोषणा गरेको छ। मिडियाहरुका अनुसार दिल्ली, गुरुग्राम, बेंगलुरु, कोलकातालगायत अहिले भारतका १३ शहरहरुमा फाइभजी सेवा रोल आउट हुनेछ।

भारतमा फाइभजीको लागि फ्रिक्वेन्सी ब्यान्डहरू हाल उपलब्ध छैनन्, तर तिनीहरू यस वर्ष नै स्पेक्ट्रम लिलामीपछि उपलब्ध हुनेछन्।

रिपोर्टका अनुसार ५२६-६९८ मेगाहर्ज, ७०० मेगाहर्ज, ८०० मेगाहर्ज, ९०० मेगाहर्ज, १८०० मेगाहर्ज, २१०० मेगाहर्ज, २३०० मेगाहर्ज, २५०० मेगाहर्ज, ३३००–३६७० मेगाहर्ज र २४.२५–२८.५ गीगाहर्ज लिलामीका लागि उपलब्ध हुनेछन्।

प्रकाशित: १९ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार