स्पोटीफाइले कोभिडसम्बन्धी पडकास्टका लागि सल्लाहकार समिति गठन गर्ने

  • Technology Khabar | १७ माघ २०७८, सोमबार
स्पोटीफाइले कोभिडसम्बन्धी पडकास्टका लागि सल्लाहकार समिति गठन गर्ने

काठमाडौं ।

अडियो स्ट्रिमिङ जायन्ट स्पोटीफाइले कोभिड १९ सँग सम्बन्धित पडकास्टहरुका लागि सामग्री सल्लाहकार समिति गठन गर्ने बताएको छ।

कम्पनीले आइतबार यस्तो घोषणा गर्दै आफ्ना यूजरहरुलाई यस्ता विषयमा थप जानकारीका लागि जनस्वास्थ्यसम्बन्धी साइटहरुमा जान निर्देशन पनि दिएको छ।

कोभिडबारे मिथ्या सूचना फैलाएको आरोपका बावजूद आफ्नो चर्चित पडकास्ट द जो रोगन एक्सपिरियन्सलाई निरन्तरता दिने निर्णय गरेकोले स्पोटीफाईमाथि आलोचना हुँदै आएको छ।

उक्त पडकास्टका प्रस्तोता जो रोगनले हालै संक्रामक रोग विशेषज्ञ डा रोबर्ट म्यालोनसँग अन्तरवार्ता लिएका थिए। डा म्यालोन खोपविरोधी अमेरिकीहरुका बीच निकै चर्चित छन्। उनलाई हालै ट्विटरमा पनि प्रतिबन्ध लगाइएको थियो।

गत शनिबार गितारवादक तथा रक एन्ड रोल हल अफ फेम तथा ब्रुस स्प्रिङ्सटीनको ई- स्ट्रीट ब्याण्डका सदस्य निल्स लफग्रेनले रोगनको पडकास्ट बजाएको विरोधमा स्पोटीफाईबाट आफ्नो गीत झिकेका थिए।

स्पोटीफाईका सीईओ डेनियल एकले आफ्नो वेबसाइटमा एउटा विज्ञप्ति प्रकाशित गर्दै रोगनको नाम उल्लेख नगरी उक्त सेवामा विभिन्न आस्था र धारणा भएका सर्जकहरु समावेश हुने र उनी आफैंलाई पनि मन नपर्ने केही व्यक्तिहरु रहेका पनि उल्लेख गरेका छन्।

कम्पनीले कोभिड ‍१९ समावेश हुने कुनै पनि पडकास्टका लागि सामग्री सल्लाहकार सकिति गठन गर्ने योजना बनाएको पनि एकले उल्लेख गरेका छन्।

यो समितिले श्रोताहरुलाई जनस्वास्थ्य विज्ञ तथा फिजिसियनहरुको जानकारी हबमा रिडाइरेक्ट गर्ने जानकारी दिए। उक्त विज्ञप्तिमा प्लेटफर्मको नयाँ नियमहरु पनि प्रकाशित गरिएको छ।

प्रकाशित: १७ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...