
काठमाडौं ।
एक्सोप्लानेट भन्नाले सामान्य भाषामा सोर्यमण्डलबाहिरका ताराहरुलाई परिक्रमा गर्ने साना ग्रहलाई बुझाउँछन्।
खगोलविदहरुका अनुसार अधिकांश एक्सोप्लानेटहरु बासस्थानका हिसाबले पूर्णरुपमा अनुपयोगी हुन्छन्। तर तिनीहरु अन्य बसोबासयोग्य ग्रहहरु पत्ता लगाउन सहयोगीसिद्ध हुनसक्ने इन्ग्याजेटले जनाएको छ।
लुण्ड विश्वविद्यालयका वैज्ञानिकहरुले अत्यधिक तापक्रमयुक्त विशालकाय वास्प-१८९बी को वातावरणको थ्रीडी नक्शा तयार गरेका छन् जसले अन्य ग्रहहरुका आकाशका बारेमा जानकारी प्रदान गर्न सक्छ।
वैज्ञानिकहरुको उक्त टोलीले कुनै पनि ताराको प्रकाश उक्त अत्यधिक तातो ग्रहको वातावरण हुँदै पार गर्दा त्यसको अध्ययनका लागि उच्च रेजोल्युशनको स्पेक्ट्रोग्राफ तयार पारेका हुन्।
उक्त अध्ययनमा पदार्थ हरुको रेखाको स्थान पनि समावेश रहनेछ जसले त्यहाँ के के पदार्थ विद्यमान छन् भन्नेमात्र नभई तिनीहरु त्रिआयामिक तहमा रहेका पनि देखाउने इन्ग्याजेटले जनाएको छ।
त्यहाँ विद्यमान पदार्थहरुबाट पनि नयाँ कुरा पत्ता लागेको छ। अवलोकनकर्ताहरुले पहिलो पटक उक्त ग्यासयुक्त ग्रहमा टाइटानियम अक्साइडको उपलब्धता रहेको पत्ता लगाएङ्का छन्। यसबाहेक यहाँ पृथ्वीमा रहेका फलाम, क्रोमियम तथा म्याग्नेसियमजस्ता पदार्थ पनि विद्यमान रहेको पाइएको छ।
प्रकाशित: १७ माघ २०७८, सोमबार