टेक्नो स्पार्क ८सी स्मार्टफोन सार्वजनिक

  • Technology Khabar | १७ माघ २०७८, सोमबार
टेक्नो स्पार्क ८सी स्मार्टफोन सार्वजनिक

काठमाडौं ।

हङकङमा मुख्यालय रहेको स्मार्टफोन कम्पनी टेक्नोले नाइजेरियामा हालै आफ्नो स्पार्क ८सी स्मार्टफोन सार्वजनिक गरेको छ।

यो एउटा ठूलो स्क्रीन तथा ६४ जीबी आन्तरिक स्टोरेजयुक्त इन्ट्री लेभलको ह्याण्डसेट भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसमा ९० हर्ज रिफ्रेश रेटयुक्त ६.६ इन्चको एचडी+ डिस्प्ले रहेको छ भने फिंगरप्रिन्ट स्करयानर सेटको पछाडिपट्टि दिइएको छ।

यसबाहेक यो डिभाइस १३ मेगापिक्सेलको मुख्यसहित डुअल क्यामरा सेटअप दिइएको छ भने सेल्फीका लागि ८ मेगापिक्सेल शूटरको व्यवस्था छ।

यो डिभाइसमा २ र ३ जीबी र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेजका साथमा ५००० एमएएच ब्याट्री दिइएको छ।

चारओटा रंगमा उपलब्ध यो डिभाइसको उपलब्धता तथा मूल्यका बारेमा केही खुलाइएको छैन।

प्रकाशित: १७ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार